समाचार, समाज

श्रीपुरको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय एसएसबीको रातको संयुक्त गस्ती

देवराजा यादव
२०८२ बैशाख २५ | मध्यान्ह ०८:०१ बजे

सुनसरी । सुनसरी जिल्लाको कोशी गाऊँपालिकामा पर्ने श्रीपुरको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार सशस्त्र प्रहरी र भारतीय एसएसबीले सीमामा राती संयुक्त गस्ती गरेका छ । भारत–पाकिस्तानको द्वन्द्व बढेसँगै सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता बढाएको छ । सशस्त्र प्रहरी बिओपी श्रीपुरका सशस्त्र प्रहरी निरीक्षक जय कुमार महतोले बताए ।

सशस्त्र प्रहरी निरीक्षक जय कुमार महतोको नेतृवमा रहेको नेपाली टोली र भारतीय सशस्त्र सीमा बल एसएसबीको नेतृत्वमा रहेको सीमा क्षेत्रको दश गज्जा ईलाकामा नियमित राती गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई चेक जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी निरीक्षक महतोले जानकारी दिए।

photo 2025 05 08 20 34 14

कमेन्टहरु