अपराध

पर्वतमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

नवलपुर टुडे
२०८२ बैशाख २५ | मध्यान्ह ०१:०१ बजे

पर्वत । पर्वतमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पर्वतको फलेवास नगरपालिका-६ साङ्खोला बस्ने ३५ वर्षीय सूर्य नेपालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

नेपालीले ती बालिकालाई आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु