कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, विचार/ब्लग, शिक्षा, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश
कविताको शिर्षक विरोधाभासको छायाँ


याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ
९८५७६४४४२९
कविताको शिर्षक
विरोधाभासको छायाँ
मञ्चमा चम्किने व्यक्तित्वहरू,
शब्दहरूको मधुर संगीत।
अल्पमतले आशाका किरण देखाउँछन्,
तर पिंदडदायीहरूमा शंका मात्रै रहन्छ।
सहकारीको मिठासको कथा सुनिन्छ,
व्यवस्थापनको मिठो परिभाषा।
तर शेयर सदस्यको मनमा छ असन्तुष्टि,
स्वप्निल आदर्शमा छुटै विरोधको आवाज।
पत्रकारका नेताहरू निर्भीक अभिव्यक्ति गर्छन्,
सत्यको पक्षमा उभिन्छन्।
तर अधिकाश कलम समाउने हातहरू,
न्यूनतम पारिश्रमिकमा संघर्ष गर्दैछन्।
राजनीतिक भाषणहरू ओजपूर्ण सुनिन्छन्,
जनताको राहतको आश्वासनमा।
तर कार्यकर्ता तिर्खाएका छन्,
जनताले आशा गुमाएका छन्।
नीति राम्रो छ, कार्यक्रम दह्रो छ,
राज्यका सेवा प्रवाहको कल्पनामा ।
तर वास्तविकता कठोर छ,
जनताको आँगनमा सेवा ओइलाएको छ।
शिक्षकको ज्ञानको प्रमाणपत्र छ,
डिग्रीको महिमा झल्किन्छ।
तर विद्यार्थीहरू अलमलिएका छन्,
कमसल शिक्षाको अँध्यारोमा हराएका छन्।
यो विरोधाभासको छायाँ हो,
यथार्थको एक अनकुल चित्र।
शब्दहरूले परिवर्तन ल्याओस्,
सत्यको उज्यालो फैलाओस्।























