देश

उपेन्द्र यादब र निर्बाचन आयोगविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा (निवेदनसहित)

जगत ठाडा मगर
२०७८ साउन ८ | मध्यान्ह ०७:०४ बजे

काठमाडौ । निर्वाचन आयोगले पुरानो कार्यकारिणी समितिलाई मान्यता दिएर ‘हेडकाउन्ट’ का लागि बोलाएको निर्णय रोक्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् ।

photo 2021 07 23 19 25 32

photo 2021 07 23 19 25 34 photo 2021 07 23 19 25 37 photo 2021 07 23 19 25 39 photo 2021 07 23 19 25 40 photo 2021 07 23 19 25 42 photo 2021 07 23 19 25 44 photo 2021 07 23 19 26 44

ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले शुक्रबार दायर गरेको रिट निवेदनमा निर्वाचन आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाइएको छ । रिट निवेदनमा भनिएको छ, ‘निर्वाचन आयोगको मिति २०७८/४/७ गतेको आदेश उत्प्रेषणको आदेशद्वार बदर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोमिज जनता समाजवादी पार्टी, नेपालको तर्फबाट मिति २०७३/३ १ गते पेश भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी हेरफेरबाट कायम भएको केन्द्रीय कार्यकारिणी समितिको आधारमा विवाद निरुपण प्रक्रिया अगाडी बढाउनु भनी विपक्षीका नाममा परमादेशको आदेश लगायत जुनसुकै उपयुक्त आदेश जारी गरि पाउँ ।

साथै विपक्षी निर्वाचन आयोगको उक्त मिति २०७८/४/७ गतेको निर्णय आदेह उत्प्रेषणको आदेशले बदर गरी विपक्षी उपेन्द्र यादवको एकल हस्ताक्षर रहेको मिति २०७८/३/४ को दाबी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४(१) को प्रतिकुल रहेकाले सो गैरकानुनी दाबीको आधारमा कुनै निर्णय काम कारवाही नगराउनु भनी विपक्षी उपर प्रतिषेधको आदेश समेत जारी गरी पाउँ ।’

कमेन्टहरु