कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, विचार/ब्लग, शिक्षा, समाज, साहित्य

कविताको शिर्षक  हिजोको, आजको र भोलिको धौलागिरी एफएम

याम बहादुर थापा मगर
२०८२ बैशाख २४ | मध्यान्ह ०८:०१ बजे

याम बहादुर थापा मगर
बागलुङ नगरपालिका वार्ड नं १० भकुण्डे धौलेचउर

९८५७६४४४२९  

 कविताको शिर्षक 

हिजोको, आजको र भोलिको धौलागिरी एफएम
 

हिजो, धौलागिरीको हावाले बोकेको थियो गाउँघरको धुन। गोठालाहरूको होहल्ला,
कोदो झार्ने आमा-बाबुका कुरा,
काठका रेडियोमा मधुर स्वर गुञ्जिन्थ्यो—
“यो धौलागिरी एफएम, बागलुङबाट बोल्दैछ।” भनेर
गाउँभरि छरिएका परेवा जस्तै,
यो आवाज उडेर गयो कुना-कुना।

आज, प्रविधिले रूप फेरेको छ।
मोबाइलको घेरामा बाँधिएको छ रेडियो,
इन्टरनेटका छालहरूमा बग्छ तरंगहरू।
गीत-संगीत, समाचार, छलफल— कार्यक्रमहरु
“आजको बिहान, धौलागिरी एफ एम को स्वर सुन्दै गर्नुहोस् सुरुवात!”
तर, के फेरिए गाउँका स्वर?
आँगन भरि गफ गर्ने बुबा-आमा सुन्न छाडे,
रेडियो त बज्छ तर सुन्‍ने मनहरू मोबाइलको पर्दामा हराए।

भोलि, धौलागिरी एफएम कहाँ होला?
के यो बादलसँगै हराउनेछ,
वा अझै गुञ्जिरहनेछ पहाडका काखमा?
नयाँ पुस्ताले यसलाई माया गर्ला?
कि धूलोसँगै पुरिनेछ सम्झनाहरूमा?

तर एउटा कुरा निश्चित छ ।
धौलागिरी एफ एमको स्वर मर्न सक्दैन।
पहाडहरू सुस्तरी बताससँगै फुसफुसाइरहन्छन्,
गहिरा खोँचहरूमा अझै प्रतिध्वनित हुन्छन् ती दिनहरू।

धौलागिरी एफएमले कर्णालीका हावासँग जस्तै
आगामी दिनको समयसँग पनि यात्रा गरिरहनेछ।

कमेन्टहरु