मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बुढिनन्दा नगरपालिका ५ का भूमिहीन ३८ जनालाई निस्सा वितरण


बाजुरा , बैशाख २३ । बाजुरा जिल्लाकाे पुर्वी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिका ५ मा भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण गरिएको छ । बुढिनन्दा नगरपालिका ५ को वडा कार्यालय र नापी इकाई शाखा संयुक्त आयोजनामा भुमि समस्या समाधान आयोग बाजुराको समन्वयमा भूमिहिन दलित-६ भूमिहिन सुकुम्बासी-२ र अब्यबस्थित- ३० जना गरि ३८ जनालाई निस्सा वितरण गरेको बुढिनन्दा नगरपालिका ५ का वडा अध्यक्ष छत्र बहादुर मल्लले बताएका छन् । उनले अनुसुचि ३ बमोजिम भूमिहिन दलित-६ भूमिहिन सुकुम्बासी-२ र अब्यबस्थित- ३० जना गरि ३८ जनालाई निस्सा वितरण गरिएको छ । वडा सहजीकरण समिति समेत गठन गरिएको बताए ।
बुढीनन्दा नगरपालिका ५ को वडा कार्यालय र नापी इकाई शाखाकाे संयुक्त आयाेजनामा भूमिहिन दलित-६ भूमिहिन सुकुम्बासी-२ र अब्यबस्थित- ३० जना गरि ३८ जनालाई अस्थायी निस्सा वितरण गरिएकाे छ । वडा सहजीकरण समिति समेत गठन गरिएकाे छ । उक्त कार्यक्रममा भूमि समस्या समाधान आयोगका पदाधिकारी र स्थानीयहरुको सहभागिता रहेकाे थियाे । विशेष कार्यक्रमका लागि बुढीनन्दा नगरपालिका ५ वडा अध्यक्ष छत्र बहादुर मल्ल र नापी इकाई शाखालाई राष्ट्रिय भुमि आयोग जिल्ला समिति बरिस्ठ सदस्य सर्पलाल गिरीले विशेष धन्यवाद दिएका छन ।
बुढिनन्दा नगरपालिका ५ का वडा अध्यक्ष छत्र बहादुर मल्ल अध्यक्षतामा कार्यक्रम संचालन भएको गरिएको हो । प्रमुख अतिथि नेपाली काङ्ग्रेस बाजुराका पाटी उपसभापति नारायण पाध्याय बिशिस्ट अतिथि राष्ट्रिय भुमि आयोग जिल्ला समिति बरिस्ठ सदस्य सर्पलाल गिरी लगायत स्थानीय उपस्थितिमा अस्थायी निस्सा वितरण गरिएकाे छ ।






















