तस्कर

रौतहटबाट भन्सार छलीको कपडा र मोटरसाइकलसहित एक जना तस्कर पक्राउ

नवलपुर टुडे
२०८२ बैशाख २३ | बिहान १०:०१ बजे

रौतहट । रौतहटबाट भन्सार छलीको कपडा र दुई थान मोटरसाइकलसहित एक तस्करलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ईशनाथ नगरपालिका १ का ३७ वर्षीय राकेश पैसवान रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताएका छन्। 

जिल्ला प्रहरीबाट विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका ४ लालबकैया नदीको छेउबाट दुई लाख २३ हजारको अवैध कपडा, नम्बर नभएको दुई थान मोटरसाइकलसहित पासवानलाई पक्राउ गरिएको हो ।

बरामद कपडा, मोटरसाइकलको कुल तीनलाख २३ हजार मूल्यांकनसहित पक्राउ पैसवानलाई आवश्यक कारबाहीको लागि सोमवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

 

कमेन्टहरु