गैंडाकोटमा बसको ठक्करबाट मोटरसाइकल चालकसहित २ जना घाईते


गैडाकोट । नवलपुरको गैंडाकोटस्थित १६ नम्बर चोकमा बसले ठक्कर दिदा दुई जना घाईते भएका छन । दुर्घटनामा मोटसाईकल चालक बुलिङटार गाउँपालिका- १ बस्ने बर्ष २६ को सन्तोष श्रेष्ठ र मोटरसाइकल पछाडी सवार बर्ष ४५ की जुनु माया श्रेष्ठ घाईते भएका छन ।
गैंडाकोट नगरपालिका- १६ नम्बर चोकस्थित पूर्व पश्चिम राजमार्गमा भैरहवाबाट चितवन तर्फ आउदै गरेको लु.प्र.०१-००१ ख ०४६५ नम्बरको बसले बाटो क्रस गरिरहेको ना ४० प १३९५ मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटना दिउँसो अन्दाजी १:३० बजे भएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक सन्तोष श्रेष्ठको घुडामा चोट लागेको छ भने मोटरसाइकल पछाडी सवार जुनु माया श्रेष्ठको टाउको र बायाँ हातमा चोट लागेको छ । घाईते दुवैजनाको अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाईएको नेपालले बताए ।























