मनोरन्जन

अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुनहरु महोत्सवमा घनकियाे

रिदेन महर्जन
२०८२ बैशाख २२ | मध्यान्ह ०३:०१ बजे

काठमाडौं । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु शुक्रबार घनकिएकाे छ ।

अन्तराष्ट्रिय जगतमा अशेष डंगोल द हिमालयन हेन्ड्रिक्सकाे उपनामले चर्चित डंगोलकै समूहले दर्शककाे अनुराेधलाई ध्यानमा राखेर प्रस्तुत गरिएकाे सांगितिक कार्यक्रममा अशेष डंगालकाे गितार तथा भोकलमा वेश गितार विकास श्रेष्ठ, ड्रम्स सागर श्रेष्ठ र धिमेमा प्रतिक महर्जनले उहाँलाई साथ दिएका थिए ।

कलाकार डंगोलले विश्वविख्यात जिम्मि हेड्रिक्सका चर्चित गीतहरु फायर, वूडू चाइल्ड, पर्पलहेज, मुद्दि वाटर्सकाे हाेट्च्याई काेच्याई  म्यानमदि वाटर्स को हुची कुची म्यान, अल्बर्ट किंग्सकाे बाेर्न अन्दर द ब्याड साइन लगायतका साथै आफ्नै शब्द तथा रचना रहेको नेपाली गाना सुन्नुश न सुनाउनुश न, टिपु टिपू लाग्छ,  इनसर्च टुवार्द्स फ्रीडम, जात्रा भाइब, काठमाडाैं भाइब तथा आफ्नै एल्बमका गीतहरु प्रस्तुत गरेका थिए ।

सो सांगितिक कार्यक्रममा पाश्चात्य बाजाहरु ड्रम्स, गितारका साथै काठमाडौं उपत्यकाका आदिबासी ज्यापू समुदायले बजाउने मौलिक धिमेको तालमा काठमाडौं भाइब, जात्रा भाइब जस्ता सांगितिक धुनले कार्यक्रममा उपस्थित दर्शकको मन जित्न सफल भएकाे थियाे ।

भिडियो लिङ्क :
https://www.youtube.com/watch?v=ukFjPckFNzo

कमेन्टहरु