मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि
बिच्छ्याँ वासी टेलिफोनबाट बन्चित


बाजुरा , बैशाख २१ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिको बिच्छ्याँ वासी टेलिफोन टावरबाट बन्चित रहेका छन । विगत देखि अहिले बामु र गुम्बा गाउँ अहिलेसम्म दुर्गम गाउँका बस्तीमा टेलिफोन सेवामा बन्चित रहेका छन । धेरै जसो गाउँमा फोन नहुदा सूचना आदानप्रदान धेरै पछाडी परेका छन ।
बाजुरा जिल्लाकै दुर्गम बस्ती बिच्छ्याँ धेरै गाउँमा टेलिफोन टावर सेवा बिहिन बस्ती रहेका छन । गाउँमा टेलिफोन सेवा विस्तार नहुदा घरबाट बाहिर बस्ने आफ्ना आफन्त संग कुराकानी गर्न धेरै समस्या झेल्दै आएका छौँ । कहिले सम्म बिच्छ्याँ वासी टेलिफोन सेवामा कहिले जोडिने बडा अप्ठ्यारोमा परेको स्थानीय अगुवा अर्जुन रोकायाले बताएका छ्न ।
गाउँमा टेलिफोनबाट सम्पर्क बिहिन हुँदा वडा कार्यालय काम देखि सुचना आदानप्रदान समस्या हुँदै आएको छ । हरेक सूचना फोन माध्यम हुने कुराहरू अहिले टेलिफोन समस्या भएकै कारणले काम गर्न धेरै झन्झटिलो अवस्थामा परेको हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष मंगल बुढाले बताए ।
अहिले गाउँमा टेलिफोनबाट बन्चित भएको हुँदा पालिका खबर देखि आफन्त संग फोन सम्पर्क गर्न पाएका छैनन् । वडामा टेलिफोन मात्र समस्या नभई ईन्टरनेटको समस्या हुँदै आएको छ । अब छिट्टै टेलिफोन सेवा सञ्चालन गर्न सम्बन्धि निकायले ध्यानाकर्षण रहोस् । टेलिफोन सेवा समस्या समाधान गर्न सम्बन्धि निकायले ध्यान समेत गराएको अध्यक्ष बुढाले बताएका छन ।
हिमाली गाउँपालिका – २ कोट गाउँ नजिकै डाडामा टेलिफोन टावर विगत ४/५ महिना देखि समस्या हुँदै आएको छ । दिउँसो घाम लागेमात्र टेलिफोनको फोन सम्पर्क हुने घाम अस्ताउने तथा आकाशमा बादल लाग्ने बित्तिकै टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ । अहिले हुम्ला जिल्लाको टेलिफोन टावर काम गर्दा फोन हुने गरेको स्थानीय धनमल थापाले बताएका छन ।
नजिकै टावर काम नगर्दा हिमाली गाउँपालिका – २ रुम्दी गाउँ बाहेक कोट, नातिखोला, कोटीगाउँ लगायत हिमाली गाउँपालिका १ र ३ का अधिकांश मान्छेहरू टेलिफोन सेवा बिहिन हुँदै आएका छन । एक गाउँबाट अर्को गाउँ खबर गर्न फोन सम्पर्क नहुदा कोही मान्छे द्वारा रैबार गर्नु अवस्था छ । टेलिफोन सेवा समस्या हुँदा सरकारी कामकाज देखि विभिन्न काम गर्न उत्तिकै समस्या झेल्दै गरेको थापाले बताए ।
नेपाल टेलिकम कार्यालय बाजुराको अनुसार सोलारले गर्दा घाम लागी रहेको छैनन् । गाउँपालिका अध्यक्ष ज्युले भन्नु भएको थियोे । यो घामकै कारणले गर्दा हो । असार भित्र गाउँपालिका अध्यक्ष ज्युसंग कुरा भए अनुसार बत्ती जडान गर्न त्यहाँ भएको भिसेट हटाउने कुरा भएको छ । अहिले त्यसको तत्काल विकल्प केहि नभएको नेपाल टेलिकम कार्यालय बाजुरा प्रमुख लोकबहादुर खडकाले बताए छन ।























