मनोरन्जन

आज अन्तर्राष्ट्रिय ब्लुज कलाकार आशेष डंगोलको सांगितिक कार्यक्रम

रिदेन महर्जन
२०८२ बैशाख १९ | मध्यान्ह ०६:०१ बजे

काठमाडाैं । अन्तर्राष्ट्रिय ब्लुज कलाकार आशेष डंगोलको सांगितिक कार्यक्रम आज शुक्रबार साँझ ७ बजे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबार काठमाडौंमा हुने भएको छ । अ

न्तराष्ट्रिय जगतमा अशेष डंगोल द हिमालयन हेन्ड्रिक्सले उपनामले चर्चित डंगोलले यो भन्दा अगाडि अपाङ्गता भएका व्यक्तिहरूको लागि ललितपुरको झम्सिखेल अवस्थित मोक्ष ज्ञान मण्डलामा वि.सं. २०८१ फागुन ३ गते शनिबार च्यारिटी कन्सर्ट प्रस्तुत गरिएको थियो । उनी नेपालका अन्तर्राष्ट्रिय पुरस्कार विजेता ब्लुज कलाकार हुन् ।

अमेरिका लगायत १३ वटा भन्दा बढि देशहरूमा भ्रमण गरि सांगितिक प्रस्तुत गरि सक्नु भएका कलाकार अशेष डंगोलले नर्वेली र जर्मनी मिडियाले उनलाई २०१० को युरोप भ्रमणको क्रममा हिमालयन हेन्ड्रिक्सको उपाधि दिएको थियो । आज साँझ ७ बजेदेखि १० बजेसम्म हुने सांगितिक कार्यक्रममा अषेश डंगोलले गितार तथा भोकलका साथमा सांगितिक प्रस्तुतिमा उनलाई एफटी. विकास श्रेष्ठ, ड्रममा सागर श्रेष्ठ र धिमेमा प्रतिक महर्जनले साथ दिने भएको छ ।

photo 2025 05 02 18 13 15

कलाकार अशेष डङ्गोलले अहिलेसम्म ६ वटा गीति एल्बम निकालेका छन् । उनका इनसर्च टुवर्डस फ्रिडम, जात्रा भाइब, एकदम चर्चित रहेकाे छ । अहिले भर्खैर मात्र आएकाे नयाँ गीत रिङरोड पारी मेरो बाजेको घर छ र गाउँबाटै घरैबाटैले पनि चर्चा बटुल्न सफल भएकाे छ ।

कमेन्टहरु