देश

भारतमा नेपाली विद्यार्थीको मृत्युको घटनाको विरोध गर्दै पद्मकन्याका विद्यार्थीले गरे प्रदर्शन

नवलपुर टुडे
२०८२ बैशाख १९ | बिहान ११:०१ बजे

काठमाडौं, वैशाख १९। पद्मकन्या कलेजका विद्यार्थीहरुले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

स्ववियुका नेतृत्वमा विद्यार्थीहरुले आज बिहान प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले कालो मास्क लगाएका थिए । उनीहरुले ‘विद्यार्थी छोरीको न्याय सुनिश्चित गर’, ‘वी वान्ट जस्टिस’ लगायत नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए । स्ववियु सभापति भूपी ऐरले घटनामा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदर्शन गरेको बताइन् ।

पर्साको वीरगञ्ज निवासी प्रिशा विहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ । प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन् ।

कमेन्टहरु