देश

श्रमले राष्ट्रको प्रगतिमा योगदान पुर्‍याउँछ : उपसभामुख राना

नवलपुर टुडे
२०८२ बैशाख १८ | बिहान १०:०१ बजे

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले श्रमले राष्ट्रको प्रगतिमा योगदा पुर्‍याउने बताएकी छन्।

अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै रानाले यस्तो बताएकी हुन्। ‘कुनै पनि काम सानो हुँदैन। हरेक श्रमले राष्ट्रको प्रगतिमा योगदान पुर्‍याउँछ,’ उनले भनेकी छन्।

आफूले सबै श्रमिकहरूको समर्पण, धैर्य र कडा परिश्रमलाई सम्मान गर्ने उल्लेख गर्दै उनले श्रमिकहरूको श्रमले समुदाय निर्माण र सञ्चालनलाई सबल बताउने बताइन्।

‘श्रममा गरिमा नै न्यायपूर्ण समाजको आधार हो भन्ने कुरा सम्झन जरुरी छ,’ उनले फेसबूकमा लेखेकी छन्।

कमेन्टहरु