मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

कुवेतमा बिरामीले थला परेकी बाजुराकी एक महिला नेपालमा उद्धार गर्न आग्रह

उमेश रोकाया
२०८२ बैशाख १७ | मध्यान्ह ०५:०१ बजे

बाजुरा , बैशाख १७ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका ४ फैति गाउँकी मनपुरा मल्ल कुवेत आएको दुई वर्ष भयो । आफू बिरामी भएको पनि दुई वर्ष भैसकेको उनको भनाइ छ । कम्पनी काम छोडेको पनि एक महिना हुन लागेको छ ।

बिरामी भएर मर्न र बाच्नको दोसाँधमा रहेकोे छु । आफुले नेपाल उद्धार नहुदा कि आफू नेपाली होइन कि कित आफूलाई उद्धार गर्न नचाहेको पीडित मल्लले बताएकी छन । कि गरिब छोरी भनेर हेलाँ गरेको होकी उनले बताए । नेपाल सरकार जसरी हुन्छ उद्धार गरोस् भनेर सामाजिक संजालमा भिडियो भाइरल भएको छ ।

आफ्नो कुवेतबाट नेपालमा छिट्टै उद्धार गरोस् भनेर आग्रह समेत गरेकी छन । नेपालमा आफ्नो उद्धार होस, विदेशमा बिरामी भएर मर्न लागेको उनलेे बताए । नेपालमा कोही पनि दाजुभाइ र दिदीबहिनी नभएको जस्तो महसुस भएको छु ।

बिरामी भएको दुई महिना भैसकेको पनि अहिलेसम्म नेपालमा उद्धार गर्न सकेको छैन । कुवेत रहेकी मल्ल अहिले बिदेशमा बिमारी भएर दुई महिना हुँदा मर्नु न बाच्नु को दोसाँधमा रहेकी नेपाल सरकारले चाडैं उद्धार लागि आग्रह समेत गरेकी छ्न ।

कमेन्टहरु