देश

ठमेलको छाया सेन्टर आवश्यक अध्ययन गरेर निर्णय लिने : उपमेयर डंगोल

नवलपुर टुडे
२०८२ बैशाख १७ | मध्यान्ह ०४:०१ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल काठमाडौं भ्युटावर भत्काउनु पर्ने पक्षमा उभिएकी छन् । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको विषय थप पेचिलो बन्दै गएपछि महानगरपालिकाका मेयर बालेन्द्र शाहले टावर भत्काइदिने योजना बनाइरहेका थिए ।

मेयर बालेन्द्रले भ्यूटावर भत्काउने योजना बनाउँदै गर्दा उपमेयर पनि भत्काउने पक्षमा उभिएकी हुन् । पत्रकारहरूसँगको भेटघाटमा उपमेयर डंगोलले काठमाडौं भ्यूटावर औचित्यहीन रहेको जनाइन् । उपमयेर डंगाेलले महानगरको विवादको इपिसेन्टर बनिरहेको पुरानो बसपार्कको भ्युटावर अनावश्यक भएको धारणा राखिन् ।

प्रयोजन र उद्देश्यका लागि लिइएको हो त्यसैका लागि प्रयोग हुनुपर्नेमा जाेड दिदै जनतालाई ढाँट्न नहुने स्पष्ट पारिन् ।
सटर बनाएर महानगरले व्यापार गर्न जरुरी नभएको उनको धारणा छ । उनले बिल्डिङ र सटर बनाएर महानगरले जनतासँग व्यापार गर्नु जरुरी नभएको धारणा राखिन् । उनले भनिन्,‘ जहिले पनि म पिपुल्स फस्टको पक्षमा हो । जनतासँग जे गर्छु भनेर लिइएको हो, त्यसैमा प्रयोग हुनुपर्छ मेरो स्पष्ट मान्यता छ ।

ठमेलको छाया सेन्टर आवश्यक अध्ययन गरेर निर्णय लिने : उपमेयर डंगोल
हिजोका मान्छे छैनन् भन्दैमा आजको पुस्तालाई थाहा छैन भनेर ढाँट्न पाइँदैन ।’
उपमेयर डंगोलले महानगरमा ऐतिहासिक, पुरातात्विक सम्पदा मासेर बनाइएका अन्य संरचनाको समेत अध्ययन हुनुपर्ने जनाइन् । ठमेलको छाया सेन्टर पनि आवश्यक अध्ययन गरेर निर्णय लिन आवश्यक रहेको उल्लेख गरिन् ।

होटल हिल्टनको विषयमा पनि अध्ययन गरिने उनले जनाइन् । उनले भनिन्, ‘मुद्दा चलिरहेको बेला मैले बोलिरहन त मिल्दैन । तर, मेरो व्यक्तिगत विचार भनेको पोखरीमा बनेको त्यो संरचना भत्काएर पोखरीलाई जीवन्त दिइनुपर्छ ।’

उनले सम्पदा संरक्षणको कुरा मात्रै नभएर अब सम्पदालाई मास्दै जान नहुने बताइन् । ‘अहिले बनाउँदा यति खर्च भयो उति खर्च लागो भनिएला । तर, हाम्रा सम्पदा जोगाइराख्न सके सयौं वर्ष जीवन्त राख्न सक्छौं,‘उपमेयर डंगोलले भनिन्,‘ त्योभन्दा ठूलो सम्पत्ति केही हुन्न । त्यहाँ पुरानै अवस्थामा फर्काउन सकेको दिनमात्र सम्पदा संरक्षणमा लागिरहनुभएकाहरूले न्याय पाउनु हुनेछ ।’

मेयर साहले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले अनियमिता गरेर काठमाडौं टावरको नक्सापास गरिदिएको आरोप लगाउँदै कारबाही गरेका थिए । साे विवादसँगै टावरमा नीतिगत भ्रष्टाचार समेत भएको मेयर साहले जनाएका छन् ।

कमेन्टहरु