बुलिङटारको भलायटारस्थित पाखोमा आगलागी, नियन्त्रणको प्रयास जारी

नवलपुर टुडे
२०८२ बैशाख १७ | मध्यान्ह ०२:०१ बजे

बुलिङटार । नवलपुरको बुलिङटार गाउँपालिका- ३ भलायटारस्थित रहेको पाखोमा आगलागी भएको छ । आज अपराह्न १:२५ बजे अचानक आगलागी भएको हो ।
आगलागी भएको स्थानमा बुलिङटार प्रहरी र स्थानीय खटिगई आगो निभाउन प्रयास गरिरहेको छ । सो स्थान बस्ती भन्दा टाढा रहेकाले मानवीय बस्ती जोखिममा नरहेको प्रहरीले जानकारी दिएको छ ।


















