देश

कञ्चनपुरको शोभा ताल अवलोकन गर्दै प्रचण्ड

नवलपुर टुडे
२०८२ बैशाख १७ | मध्यान्ह १२:०१ बजे

कञ्चनपुर, वैशाख १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा अवस्थित शोभा ताल पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् ।

स्थानीय पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको शोभा तालको अवस्था बुझ्न तथा विकासका आवश्यक पक्षहरू अवलोकन गर्न अध्यक्ष प्रचण्ड क्षेत्रीय भ्रमण अन्तर्गत उक्त ताल पुगेका हुन् ।

उनले तालको संरक्षण, प्रवद्र्धन र पूर्वाधार विकासका लागि आवश्यक पहल तथा सहयोग प्रतिवद्धता जनाए ।

कमेन्टहरु