गण्डकी प्रदेश, विचार/ब्लग, शिक्षा, समाज, साहित्य
गजल लेख्ने प्रयास गजल

याम बहादुर थापा मगर
२०८२ बैशाख १६ | मध्यान्ह ०१:०१ बजे

याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर,बागलुङ
९८४७६५७३००
गजल
संगै बाँच्ने, संगै मर्ने कसम खाएका थियौँ,
तर सपनाहरू बोकी तल्लो बाटोबाट उडाएका थियौँ।
अमेरिका पुगे उनी, म जापानको बाटो लागें,
पारिवारिक वियोगमा आँसुहरू साटेका थियौँ।
तीन दशक बित्दैछ, साथीहरू बने बाआमा,
हामी सपनाको भारीमा थकित पाइला टेकेका थियौँ।
बैंकमा केहि थोरै सञ्चय, मनमा अनगिन्ती घाउ,
बेचैन रातहरूमा सस्तो निद्रा किनेका थियौँ।
एउटै परिवारका सदस्यहरू उत्तर र दक्षिणमा,
पृथ्वीको नक्सामा हराएका हामी रहरले हाँसेका थियौँ।
कसरी हुन्छ फेरि हातेमालो, एउटै आँगनभित्र?
सपना र पीडाका कथा आज फेरि भुलेका थियौँ।
सुखी परिवारको सपना बोकी नेपाली बन्ने हो,
टुक्रिएको आत्मालाई फेरि एकतामा जोडेका थियौ ।























