तिलोत्तमा राष्ट्रिय सूचना आयोगका आयुक्त डा. सुरेश आचार्यद्वारा पत्रकारलाई क्षमता बिकासको प्रशिक्षण


बुटवल । रुपन्देहीको तिलोत्तमा पत्रकारहरुको क्षमता बिकास कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिकाको आयोजना र नमस्ते लुम्बिनी सञ्चार प्रालिको सहकार्यमा सम्पन्न भएको हो । स्थानीय तहका मुद्दा उठान र जनताको हकअधिकार तथा जिम्मेवारी बारे सुसूचित गराउन पत्रकारलाई सक्षम बनाउन कार्यक्रम आयोजना गरिएका हुन ।
कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सूचना आयोगका आयुक्त डा. सुरेश आचार्यले करीब दुई घण्टा प्रशिक्षण गर्नुभएको थियो । सो प्रशिक्षणमा प्रमुख आयुक्त डा. आचार्यले प्रेस ऐन कानुन, सुचनाको हकअधिकार र आचारसंहिता सम्बन्धी पत्रकारहरु जानकार हुनुपर्ने र स्थानीय समाजलाई सुसूचित गराउनुपर्ने जोड दिनुभयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वर देवी चौधरीको विशेष आतिथ्य र नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य रामराज पोखरेलको उपस्थिति रहेको थियो ।
नगरप्रमुख खाणले पत्रकारिता राष्ट्रको तेस्रो आँखाका रूपमा रहेकाले सत्य र तथ्यमा आधारित खोज पत्रकारिता गर्नु पर्नेमा जोड दिनुभयो। उहाँले यस्ता तालिमहरूले जनप्रतिनिधिलाई समेत सचेत गराउन र समृद्धि यात्रामा देशलाई अगाडि बढाउन सहयोगी हुने बताए । त्यसैगरी, उपप्रमुख चौधरीले राजनीति भन्दा माथि उठेर निष्पक्ष पत्रकारिता गर्नु पर्ने, नयाँ पत्रकारहरूलाई आकर्षित गर्दै पत्रकारिता क्षेत्रको समग्र विकासमा स्थानीय तह सधैं प्रतिबद्ध रहेको बताईन ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले स्वागत मन्तव्य दिदै, पत्रकारितालाई संविधानले तोकेको चौथो अंग भएको बताउँदै अन्य अंगहरूसँग सहकार्य गर्दै निष्पक्ष समाज निर्माणको भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । त्यसैगरी, नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य रामराज पोखरेलले विषेश गरी स्थानीय मुद्दामा सशक्त भएर लाग्न पत्रकारहरूलाई आग्रह गरे ।
कार्यक्रमको सभापतित्व नमस्ते लुम्बिनी मिडिया प्रालिका सञ्चालक चण्डी बस्यालले गर्नुभएको थियो । सो कार्यक्रम सञ्चारकर्मी सञ्जु पौडेलको सञ्चालनमा मणिग्रामस्थित होटल मदानीमा सोमबार सम्पन्न भएको हो ।
























