प्रतिनिधिसभा बैठक बस्दै


काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुने छ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंङ्गा नेत्र विश्वविद्यालय, विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन्।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ र सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
उता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले ‘कानुन, न्याय तथा मानव अधिकारी समितिको प्रतिवेदनसहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्ने तथा सो विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
























