प्रबास, मनोरन्जन

कतारबाट साङ्गीतिक क्षेत्रमा उदाउँदै कालाकार मनिष गोस्वामी

रामएकवाल राम
२०८२ बैशाख १५ | बिहान ०६:०१ बजे

दोहा । कतारमा बसेर पनि साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कालाकार (गायक) हुन मनिष गोस्वामी । सप्तरी जिल्लाको कनचनरुप नगरपालिका -२ मा घर भएका गोस्वामी यति बेला एक दशक देखि रोजगारीको सिलसिला खाडी मुलुक कतारको दोहामामा बस्दै आएका छन।

उनलाई कतारमा हुने हरेक नेपाली सांस्कृतिक कार्यक्रम भ्याई नभ्याई छ । नेपालीमा मात्र न भई भारतीय र बङ्गाली समुदायमा पनि उतैको चर्चा बटुलेको उनी सानै उमेरमा गीत सङ्गीत लाई माया गर्ने र गीतहरू गुनगुनाउने गोस्वामीको कलाकार बन्ने चाहाना थियो।

सानैमा कलाकार बन्ने चाहाना हुदाहुदै आफू सँग आर्थिक थिएन चाहाना भएर के गर्नु उनले भने । घरमा ३ जना भाइ बहिनी मध्ये आफू सबै भन्दा कान्छो भएता पनि घरको जिम्मेवारी आफूमाथि उतिकै नै थियो।

photo 2025 04 28 06 43 09

सन २०२२ मा सम्पन्न फिफा विश्वकप कतार सुप्रिम कमिटीसँगको समन्वयमा गैरआवासीय नेपाली संघ कतारको सांस्कृतिक विभाग मार्फत विभिन्न फ्यान जोनहरुमा पनि उत्कृष्ट प्रस्तुति रहेको उनी बताउछ्न।

गोस्वामी भन्छन् मैले चर्चा कमाउन होइन सस्कृती जर्गेना गर्न गीत गाउने गर्छु ।आफू सानै उमेरमा विद्यालय तीरहरू हुने कार्यक्रम तथा बन पाखामा गीतहरू गाउँथे रेडियो सुन्दा गीतहरू बज्दा मैले पनि कलाकार बन्नु पर्छ सोच्थे र त्यही सपना पुरा गर्न लागिरहे।

पछिल्लो समय आफूले कतारको दोहामा हुने लगभग हरेक कार्यक्रममा आफूलाई आयोजकले सम्झिरहँदा निकै खुसी लाग्ने गरेको उनी बताउँछन् । म कला सस्कृती जर्गेना गर्नु पर्छ भन्ने सोच राखेर यो क्षेत्रमा लागेको हु प्राय मैले मैथिली , नेपाली हिन्दी भोजपुरी गितहरु गाउने गरेको उनले सन्चारकर्मी सँग कुरा गर्दै भने ।

कमेन्टहरु