‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय नामावली ने शि महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं,’ उनले भनेका छन्, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ।’
अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानुभाइ कार्कीले भने सिंहदरबार प्रवेश पास नपाएपछि फर्किएको बताए।




















