देश

पाल्पामा मालपोत कार्यलयलाई चेतावनी दिदै समाजवादी कम्युनिस्ट पार्टीले गर्याे जग्गा कब्जा

नवलपुर टुडे
२०८२ बैशाख १२ | बिहान १०:०१ बजे

 बुटवल । समाजवादी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही – पाल्पा जिल्ला संगठन समितिले मालपोत र नापी कार्यलयलाई चेतावनी दिदै तानसेन नगरपालिकामा रहेको प्रभास पुरी भुमाफियाले निर्माण गरेको ३५ राेपनि जग्गा कब्जा गरेको छ । आज उक्त पार्टीका जिल्ला सचिव हेमन्तले एक विज्ञप्ति जारी गर्दै उक्त जग्गा अधिकरण गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् । उनलेे जारी गरेको

विज्ञप्ति :

“प्रेस विज्ञप्ति प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनि जग्गा अधिकरण घोषणा कार्यक्रम किन ? १) जलस्रोत ऐन २०४५ लाई मिचि प्रभासको दोस्रो पोखरी पुर्ने काम गरेकोले ।, २) जैविक विविधता र पर्यावरणीय सन्तुलनको दृष्टिले अति महत्वपूर्ण मानिएको एवम् सिमसार क्षेत्रको रूपमा रहेको प्रभास तालको दोस्रो पोखरिको नाम निसाना भेट्‌ने काम गरेकोले । . ३) प्राकृतिक सम्पदा तथा सिमसार क्षेत्रको चरम अतिक्रम गरेकोले ।, ४) प्राकृक्तिक सम्पदा तथा धरोहहरूको संरक्षणको दायित्वबोध नगरी माँस्ने काम गरेकोले ।, ५) विगतका दिनहरूमा ठगी, गुण्डागर्दिमा उद्भुत रहि कारागार सजाय समेत भोगिसकेका केही आफुलाई डन भन्न रुचाउने गुण्डा र भुमाफियाहरूको मिलोमतोमा प्रभास तालको दोस्रो पोखरी माँस्ने काम गरेकोले ।, ६) मानिसको स्वास्थ्य जस्तो संवेदनशील विषयमा व्यापार गर्ने मेडिकल माफियाहरू संग मिलि प्रभास तालको दोस्रो पोखरी माँस्ने काम गरेकोले ।, ७) जीवन चक्र प्रकृति जलाधार-जैविक मानिस बिचको अति आवश्यकको रूपमा रहेको हरितगृह उत्पादन क्षेत्र, पानी उत्पादन क्षेत्र, जंगली धान उत्पादन क्षेत्र, विभिन्न जलाधार बनस्पतिहरू र जलाधार जिवहरूको समाप्त पार्ने काम गरेकोले ।, ८) माथि उल्लेखित बुँदाहरूलाई लिएर जनताहरू र यस संग सम्बन्धित तानसेन नगरपालिका सहितका विभिन्न सरोकार वालाहरूले विगत २०७४ सालदेखि संरक्षण गर्नुपर्ने निर्णय एवम् आवाजहरूलाई लत्याएर प्रभास तालको दोस्रो पोखरि पूर्ने काम गरेकोले ।, तानसेन नगरपालिका वडा नम्बर ७ प्रभासमा रहेको प्रभास तालको दोस्रो पोखरि मांसि निर्माण गरिएको यस ३५ रोपनि जग्गा उक्त प्रभास संरक्षण, पूर्ननिर्माण र सिमसार क्षेत्रको संरक्षणका लागि अधिकरण गरेको जानकारी गराउ‌छौँ, आज कै मितिबाट यस संग सम्बन्धित जिल्ला मालपोत कार्यलय, पाल्पाबाट हक हस्तान्तरण, जिल्ला नापी कार्यलय, पाल्पाबाट कित्ता काट नगर्न, तानसेन नगरपालिकाको वडा नम्बर ७ प्रभासबाट चौकिल्ला घरबाटो सिफारिस नगरी दिनु हुन समेत अनुरोध गर्दछौँ, तानसेन नगरीपालिकाले यस सम्वन्धित रहेर २०७४/११/५ गते, २०७४/१०/२६ गते, २०७४/११/०५ गते, २०७८/११/०६ गते लगायतका विभिन्न मितिमा स्थानीय सरकारको अधिकारको क्षेत्र भित्रका प्राकृक्तिक तथा धरोहहरूको संरक्षणको दायित्वबोध गर्दै कार्यपालिकाको बैठकबाट प्रभास तालको दोस्रो पोखरि पुरानै अवस्थामा राख्ने गरि गरिएको निर्णय तुरुन्तै कार्यवन्यन गर्न समेत अनुरोध गर्दछौं ।. अन्यथा यो हाम्रो पार्टीको मागलाई बेवास्ता गरिए थप संघर्ष गर्न बाध्य हुनेछौं। क्रान्तिकारी अभिवादन सहित सचिव हेमन्त १२/०१/२०८२”

photo 2025 04 25 10 04 16

कमेन्टहरु