देश

विगतका गल्तीहरु महसुस गरेर आउनेलाई पार्टीमा स्वागत छ : एमाले अध्यक्ष केपी ओली

जगत ठाडा मगर
२०७८ साउन ७ | मध्यान्ह ०७:०४ बजे

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्तीहरु महसुस गरेर आउनेलाई आफ्नो पार्टीमा स्वागत गर्ने बताएका छन्।

अर्का वरिष्ठ नेता माधवकुमार नेपालले सम्मानपूर्ण रुपमा पार्टीमा आवद्ध भई योगदान गर्ने बताउँदै आएका बेला ओलीले आज बसेको केन्द्रीय कमिटी बैठकमा यस्तो भनाइ व्यक्त गरेका हुन्।

बैठकले पार्टीको एकता कायम राख्ने प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै नेता प्रदीप ज्ञवालीले भने ‘पार्टी एकतालाई सुदृढ गर्नेगरी, पार्टीमा योगदान गर्ने गरी आउन चाहने साथीहरुलाई विगतका गल्तीहरु बिर्सेर पनि स्वागत गर्न सकिने अध्यक्ष ज्यूले बताउनुभएको छ।’

सर्वोच्चको फैसलाले लोकतान्त्रिक संस्था, प्रणाली र संरचनाप्रति जनताको सम्वन्ध टुुट्दै जाने परिस्थिति सिर्जना भएको ज्ञवालीले बताए। संविधानको रक्षाका लागि पार्टीले जनतासँगको सम्वन्ध अझै सुदृढ गर्दै लैजाने र जनताबाट आलोचना हुने कुनै पनि कार्य नगर्ने उनले बताए।

त्यस्तै विघटित कार्यादलका सदस्यहरु छलफलमा जुटिरहेको उनले दावी गरे।

कमेन्टहरु