वीरगंज भन्सारवाट व्यापक रुपमा तस्करी शुरु : मालसामानको वजन घटाउनको लागि ६० / ४० भागबंडा लगाउदै


बीरगंज । देशकै आर्थिक नगरी र नेपालको सबै भन्दा बढी राजस्व संकलन गर्ने मुख्य भन्सार नाका बिरगन्ज रहेको छ । तर यस बीरगंज भन्सार कार्यालयलाई नेपाल सरकारले दिएको लक्ष्य भने बीरगंज भन्सार कार्यालयले असुली गर्न नसक्नु भन्सार कार्यालयका कर्मचारीको कारण हो ।
गत आर्थिक वर्ष २०७७ं र २०७८ को जेष्ठ महिनामा राजस्व संकलनमा निकै कमि आएको हो ।
नेपालमा आयत हुने वस्तुमा कुनै कमि नरहेतापनि वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा भने कमि आएको बिरगंज भन्सार कार्यालयले जनाएको छ ।
पर्साको ग्रामीण क्षेत्रमा रहेको नाका नजिक सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करीमा कडाई गरेपछि तस्करहरुले भन्सार भित्रैबाट कर्मचारीको मिलोमतोमा ठूलो मात्रामा तस्करी भईरहेको एक भन्सार एजेन्टले नाम नछाप्ने शर्तमा हामीलाई बताएकाछन ।
पर्सा प्रहरी प्रमुख वेलबहादुर पाण्डे र सशस्त्र प्रहरी प्रमुख राजेन्द्र खडकाले तस्करीमा कडाई गरेपछी तस्करहरुले अहिले बीरगंज भन्सार कार्यालयको कर्मचारीहरुलाई मिलाई भन्सारको भित्रैबाट ठूलो मात्रामा तस्करी भै रहेको श्रोतको दावी रहेको छ ।
अको तर्फ बीरगंज भन्सार कर्मचारी भन्सार एजेन्ट र ब्यापारीहरुको मिलोमतो मै भन्सारका कर्मचारीहरुले भन्सार जाचपास गराउने ब्यापारीहरु संग मोटो रकम लिएर मुल्यांकन कम गरी भन्सार जाचपास गर्ने गरेको कारण बीरगंज भन्सारले पाएको लक्ष्य पुरा गर्न नसकेको एक ब्यापारी बताउछन ।
बीरगंज भन्सारका कर्मचारीहरुले वजनमा आउने सामानहरुमा वजन कम गरी भन्सार गर्ने गरेको रहस्य समेत पत्ता लागेको छ । वजनमा भन्सार हुने सामानहरु जस्तै मार्वल, गे्रनाईड जस्ता महंगा सामानहरुमा मुल्यको ३० प्रतिशत भन्सार राजश्व लाग्ने भएतापनी ठूलो परिमाणमा आएका यी समानहरुलाई वजन कम गरी भन्सारका कर्मचारीहरु जाचकी र भन्सार एजेन्टको सेटिंगमा जाचपास गरी राजश्व चुहावट गर्दैछन भन्सारका कर्मचारीहरु ।
मुल्यांकन र एमआरपि को ६० र ४० को भागबन्डा गर्ने साथै वजन कम देखाई किलोमा मुल्यांकन भएको सामान एमआरपीमा पास गर्ने र एमआरपी भएको सामानहरुमा महंगो भन्सार लाग्ने माल बस्तुहरुमा एमआरपी च्यातेर ब्यापारीहरुले ल्याएपछी कम मुल्यांकन गरी जाचपास गर्ने जस्ता कारणले बिरगंज भन्सारको राजस्व संकलनमा कमि आउनु पनि एक प्रमुख कारण रहेको श्रोतले बताएका छन ।
बिरगंजबाट दैनिक दुई करोड भन्दा बढी राजस्व छल गरि भन्सार भित्रैबाट तस्करीको समानहरु लत्ताकपडा, एलईडी टिभी, जस्ता सामानहरु भन्सार कर्मचारीहरु कै मिलोमतोमा नेपाल भित्रिने गरेको एक भन्सार एजेन्ट्ले नाम नबताउने सर्तमा बताएका छन ।
भर्खरै केही महिना पहिला बीरगंज १७ स्थित रहेको आईसिपी भन्सारबाट जाचपास भै छुटेको धान बोकेको ट्रकभित्र अबैध रुपमा भन्सार छलेर ४५ लाख मुल्य बराबरको ४० गाठ लत्ता कपडा जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च टोलीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैया बारा बुझाएको थियो ।
केही महिना पहिला पनी आईसिपी भन्सार बीगंजबाट जाचपास भै निस्केको कागज बोकेको ट्रक भित्रबाट अबैध रुपमा भन्सार छलेर ९४ गाठ कपडा करौडो मुल्य बराबरको भारतिय नम्बरको गाडी सहित १३ नम्बर गण चिनिमिल पर्साका तत्कालिन सशस्त्र प्रहरीको प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैया बारा बुझाएको थियो ।
त्यसैगरी सशस्त्र प्रहरी बल १३ नम्बर गण चिनिमिल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले २०७७ साल चैत्र ११ गते आईसिपी भन्सारबाट जाचपास गरि धान लोड भै छुटेको बि आर ०६ जिवी ४१५६ नम्बरको भारतिय ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर चेकजाच गर्दा सो धान बोकेको माल बाहक गाडीबाट ९३ गाठ सटिङ्ग सुटिङ्ग कुर्ता शुरुवाल महंगा साडीहरु गरी करिव १ करोड ५ लाख रुपैया बराबरको सामान र भारतिय नम्बरको गाडी सहित राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएका थिए ।
कैयौं पटक गरी करौडो रुपैया बराबरका अबैध सामानहरु सहित गाडीहरु नियन्त्रणमा लिएर राजश्व अनुशंधान बारामा पठाएका छन । यिनीहरु त प्रहरीहरुको आखामा परेका कारणले गर्दा संचारकर्मीहरुले सार्वजनिक गरेका हुन । यस्ता कती घटनाहरु छन जुन भन्सारले जानकारी नै दिन चाहदैन ।
वीरगंज भन्सारमा चेकजाच गरने जाचकी र एजेन्टहरुले पैसा नलिएको मालसामान भएको गाडिहरुलाई चेकजाच गर्ने ढिलाई गर्ने गरेको सवारीधनीहरुले जनाएका छन् । अहिले वीरगन्ज भन्सार कार्यालयले लगभग ९९ दशमलव ६ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ ।
विभिन्न बाहाना देखाई सरकारले दिएको लक्ष्य पुरा गर्न नसक्ने तर कर्मचारी र भन्सार प्रमुखले भने आफुले जुन लक्ष्य लिएर बिरगन्ज भन्सार आएका हुन्छन त्यो लक्ष्य चाहिँ पूरा गर्ने गरेको आम मानिसहरुको बुझाई रहेको छ । यदि समयमै समबन्धित निकायका मन्त्री र बिभाग प्रमुखहरूले आफ्नो मातहतका कर्मचारीहरुको गति बिधिमा ध्यान दिएन भने बिरगंज भन्सारले पाएको लक्ष्य पूरा हुन गाहृो हुनेछ ।
भन्सार कंगाल भन्सार कर्मचारी मालामाल त्यस कारण समयमा सरोकारवालाको ध्यान जान जरुरी छ त्यसैले यसतर्फ पनि राज्यका अंगहरु अख्तियार दुरुपयोग र सम्बन्धित निकाय र सरकारको पनि समयमै यसतर्फ ध्यान जान जरुरी छ ।






















