मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

दुर्गम ठाउँमा टोल शिक्षा सञ्चालन

उमेश रोकाया
२०८२ बैशाख ९ | मध्यान्ह ०५:०१ बजे

बाजुरा , बैशाख ९ । बाजुरा जिल्लाकै दुर्गम ठाउँमा टोल शिक्षा कक्षा सञ्चालन हुँदा प्रभावकारी बन्दै आएको छ । विश्व खाद्य, विश्व शिक्षा नेपालको आर्थिक सहयोग र सेतो गुराँस बालबालिका सेवा बाजुराबाट संचालित प्रारम्भिक तह सिकाइ कार्यक्रम अन्तर्गत बाजुराका सामुदायिक विधालयमा पढाई तथा सिकाइ विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ ।

उहाँले बताउनुभयो , “विधालयमा वार्षिक परिक्षा सकिए लगत्तै विद्यार्थीहरुको बिदाको समयमा बाजुरा जिल्लाको ९ वटै स्थानीय तह संगै हिमाली गाउँपालिकाको केन्द्र रहेकोे भवानी माध्यमिक विधालय सेवा क्षेत्रमा इ.सि.डी. देखि ३ कक्षा सम्मका ४९ जना बालबालिकाको सक्रिय विशेष सहभागितामा धुलाचौरमा टोल शिक्षा कक्षा सञ्चालन भैरहेको सेतो गुराँस हिमाली गाउँपालिका प्राविधिक सहायक विष्णु कटुवाले बताउनुभयो ।”

बालबालिका सहभागी कक्षा १ देखि ३ का बालबालिकालाई भाषा, गणित, स्वास्थ्य र सिर्जनात्मक, नेपाली पढाई सिकाइ, खेल, कथा, विभिन्न क्रियाकलाप मार्फत रमाइलो तरिकाले सिकाइ भएको छ । जसले गर्दा बालबालिकाको सिकाइ ठुलो सहयोग पुग्ने देखिन्छ । जुन सिकाइ कार्यले गर्दा बिदामा पनि बच्चालाई पठनपाठन साच्चिकै सराहनीय कार्यक्रम भएको छ । बालबालिकाको शिक्षा निरन्तर चलिरहोस भन्ने लक्ष्यले बाजुराका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको कटुवाले बताउनुभयो ।

उहाँले बताउनुभयो , “विद्यार्थीहरु विधालय बिदाको समयमा घरमा अनावश्यक हिड्डुल गर्न स्थित थियोे, त्यसलाई अहिले टोल शिक्षा कक्षा सञ्चालन आएपछि घरमा बालबालिका बाहिर हिड्डुल गर्नबाट नियन्त्रण भएका छन । अहिले बच्चाको पठनपाठनमा धेरै सुधार हुँदै गएको छ ।” बिदाको समय केवल आराम मात्र नभएर सिकाइको अवसर भएको अभिभावक अबु रोकायाले बताउनुभयो ।

कमेन्टहरु