देश

चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालय कर्मचारीलाई निर्देशन

नवलपुर टुडे
२०८२ बैशाख ९ | मध्यान्ह ०७:०१ बजे

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेसँगै परिषद्ले विद्यालय कर्मचारीलाई चाबी बोकेर काठमाडौँ आई आन्दोलनमा सहभागी हुन उर्जी जारी गरेको हो।

परिषद्ले भनेको छ,’नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आयको हुँदा जारी प्रेस विज्ञप्तिमार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लियरै काठमाडौँमा जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ।’

बोर्डले शिक्षकहरूको आन्दोलनका बीच कक्षा १२ को परीक्षा निर्धारित मिति वैशाख ११ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षकहरू परीक्षा सञ्चालनमा सहभागी नभए निजामती कर्मचारी खटाएर भए पनि परीक्षा गर्ने बोर्डको भनाइ छ।

Shikhak aandolan

कमेन्टहरु