देश

दुर्गा प्रसाईंका दुवै अस्पतालको बैंक खाता फुकुवा गर्न सर्वोच्चको आदेश

नवलपुर टुडे
२०८२ बैशाख ९ | बिहान ०७:०१ बजे

काठमाडौं । दुर्गा प्रसाईं सञ्चालक रहेका दुवै अस्पतालको बैंक खाता फुकुवा गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै खाता फुकुवा गर्न सोमबार अन्तरिम आदेश दिएको हो।

गत चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनपछि आन्दोलनका कमाण्डर तोकिएका प्रसाईँको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएको थियो।

खाता रोक्कापछि वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको तर्फबाट अपरेशन डाइरेक्टर डा. अञ्जली कार्कीले छुट्टाछुट्टै रिट दायर गरेकी थिइन्। 

कार्कीले छुट्टाछुट्टै रिटमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहित १८ र १४ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सर्वोच्च अदालतले बैंक खाता फुकुवासँगै कारण देखाउ आदेश पनि जारी गरेको छ।

आन्दोलनका क्रममा एक पत्रकार र एक सर्वसाधारणको ज्यान गएको थियो भने सरकारी गाडीसहित निजी घरमा आगजनी र तोडफोड भएको थियो।

134313254Capture

कमेन्टहरु