अबदेखि बालुवाटारमा कांग्रेसले पार्टीको बैठक नराख्ने

जगत ठाडा मगर
२०७८ साउन ७ | मध्यान्ह ०५:०४ बजे

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने निर्णय गरिएको छ ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परालाई अब तोड्ने बताएका छन् ।
बिहीबार दिउँसो खड्काले ट्विटरमा लेखेका छन्, ‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’
महामन्त्री खड्काले कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक यहि साउन ८ गते बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने जानकारी दिएका छन् ।






















