समाचार

टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने पक्राउ

दिप्शन गुरुङ
२०८२ बैशाख ८ | मध्यान्ह ०१:०१ बजे
 

काठमाडौं  ।  टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा एकजना पक्राउ परेका छन्।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए। सोही भिडियोका आधारमा उनलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले नियन्त्रणमा लिएको हो।

उनलाई मायादेवी गाउँपालिका-१ पकडी स्थित मायादेवी होटलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

कमेन्टहरु