देश

उदयपुरमा भालुको आक्रमणबाट १ जना महिला घाइते

नवलपुर टुडे
२०८२ बैशाख ८ | बिहान ११:०१ बजे

उदयपुर । उदयपुरमा जङ्गली भालुको आक्रमणमा परेर एक महिला घाइते भएकी छन् ।

सोमबार बिहान  कटारी नगरपालिका वडा नं. २ गराँस स्थित नारायणी सामुदायिक वनमा घाँस काट्न गएकी ४६ वर्षीय पञ्चमाया तामाङलाई भालुले आक्रमण गरेको थियो ।

घाइते उनको कटारी अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु