चितवनमा फेला परेको शवको खुल्यो पहिचान, सेनामा कार्यरत हुद्दा भरत गुरुङको भएको पुष्टि

जगत ठाडा मगर
२०७८ साउन ७ | मध्यान्ह ०४:०४ बजे

चितवन । चितवनको भरतपुर महानगरपालिका–१७, वनगाई डेरी चोकमा फेला परेको शवको पहिचान खुलेको छ ।
बिहीबार विहान फेला परेको शव धादिङको निलकण्ठ नगरपालिका १३ निवासी भरत गुरुङको भएको प्रदेश–३ प्रहरी कार्यालयका डीआईजी प्रकाशजंग कार्कीले बताए ।
गुरुङ आफन्तकहाँ जाँदा घटना भएको प्रहरीको भनाइ छ । उनको बायाँतर्फको कन्चटमा गहिरो चोट देखिएको छ । ३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्दा हुन् ।
महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेको थिए । घटनाबारे चितवन प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






















