चितवनमा जंगली भालुको आक्रमणबाट एक जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ साउन ७ | मध्यान्ह ०२:०४ बजे

चितवन । चितवनको माडी पाण्डव नगरमा जंगली भालुको आक्रमणबाट एकजनाको ज्यान गएको छ ।
माडी नगरपालिका वडा-१ पाण्डवनगर निवासी अन्दाजी वर्ष ४६ का राजकुमार बोटको जंगली भालुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार विहान तामाको मुना खोज्न गएका राजकुमार घर नफर्किएपछि खोज तलास गर्ने क्रममा बिहीबार बिहान माडीको देउता खोलाको किनारमा शव फेला पारिएको हो ।
मृतकको बायाँ आँखामाथि ठूलो चोट लागेको थियो। शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक पौडेलले जानकारी दिए ।






















