राजनीति

अपमान सहेर कोही पनि बस्दैन : वरिष्ठ नेता माधव कुमार नेपाल

जगत ठाडा मगर
२०७८ साउन ७ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अब कसरी अगाडि बढ्छ भनेर नियालिरहेको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए । सो क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने ईच्छा जाहेर गर्दै उनले भने, ‘त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं ।’

नेपालले अघि भने, ‘यस रुपमा अगाडि बढ्छ, सुध्रिन्छ, रुपान्तरण हुन्छ, ठीक छ तर आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर को निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन।’ गलत कुरालाई स्वीकार गरेर शिर निहुर्‍याएर बस्नु दास हुनु सरह हो उनले बताए ।

सबैको मान मर्यादा राख्नुपर्ने भन्दै नेता नेपालले भने, ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ, बहिष्कार गर्नुपर्छ ।’

कमेन्टहरु