बैंक ह्याक गर्ने भनी गलत सूचना फैलाउनेलाई कारबाही गर्ने राष्ट्र बैंकको तयारी

जगत ठाडा मगर
२०७८ साउन ७ | मध्यान्ह १२:०४ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ घन्टा भित्र १६ वटा बैंक ह्याक गर्ने भनेर त्रास देखाई गलत सूचना फैलाउनेलाई कारबाही गर्ने भनिएको छ।
राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले बैंकिङ क्षेत्रमा ह्याकिङको गलत इमेल पठाएर भाइरल गराउनेलाई कारबाही गर्ने बताए।पोखरेलले भने,“हामी हिजोदेखि नै अलर्ट बसिरहेका छौं। बुधबार रातभरी र आज बिहानैदेखि सिस्टम नियालिरहेका छौं।
उनले सबै सिस्टम ठिकठाक नै रहेको र ह्याक हुने भनेर गलत सूचना फैलाउनेलाई खोजेर कारबाही गर्ने तयारी भइरहेको बताए।






















