कृषि, पर्यटन, मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बुढिनन्दा महोत्सवमा गायक लक्ष्मण अधिकारी लगायत कलाकारका प्रस्तुती रहने

उमेश रोकाया
२०८२ बैशाख ५ | बिहान ०२:०१ बजे

बाजुरा , बैशाख ५ । प्रथम बुढिनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव – २०८२ हुने भएको छ । प्रथम “बुढिनन्दा, कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२” उद्घाटन कार्यक्रम संगै पहिलो दिन बैशाख ५ गते शुक्रबार चर्चित देउडा गायक लक्ष्मण अधिकारी गायक ओव्जन परिवार, मनबहादुर रोकाया, धर्मेन्द्र सुनार उद्घोषक जितजङ्ग कट्टेल र उद्घोषिका अनिता धामी लगायत स्थानीय कलाकारका बेजोड प्रस्तुती रहेने भएको छ ।

स्टुडियो मालाश्री प्रालिको आयोजनामा बैशाख ५ गते देखि १५ गतेसम्म बुढिनन्दा नगरपालिका कोल्टीमा महोत्सव आयोजना हुन् लागेको जनाएको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा प्रथम बुढिनन्दा कृषि, पर्यटन तथा साँस्कृितक महोत्सव–२०८२ मा बुढिनन्दालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महोत्सवको आयोजना गर्न लागिएको छ ।

स्टुडियो मालाश्री प्रालि आयोजक बुढिनन्दा नगरपालिका सह-आयोजक र हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका सह-प्रबर्द्धनमा महोत्सव सुरु गर्न लागिएको हो । बुढिनन्दा थप प्रचार प्रसार गरी यहाँको पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउन महोत्सवको मुख्य उद्देश्य रहेको प्रथम बुढिनन्दा कृषि, पर्यटन तथा साँस्कृितक महोत्सव कार्यक्रम संयोजक महेश कार्कीले बताउनुभयो ।

महोत्सवका आकर्षणहरुमा स्थानीय साँस्कृतिक प्रदर्शनका साथै राष्ट्रिय तथा स्थानीय स्तरका सम्भाव्य कलाकारहरु चर्चित देउडा गायक लक्ष्मण अधिकारी गायक ओव्जन परिवार, मनबहादुर रोकाया, धर्मेन्द्र सुनार उद्घोषक जितजङ्ग कट्टेल र उद्घोषिका अनिता धामी लगायत लगायत स्थानीय कलाकारहरुको पहिलो दिनमा प्रदर्शन गरिने भएको छ ।

महोत्सवले नगरको स्थानीय कला देउडा गायन प्रतियोगिता, हुड्के नाच प्रदर्शन, स्थानीय मागल र चार्ची फाक, भुवाचाली नगरपालिका भरिका परम्परागत नाच सहित उत्कृष्ट प्रतिभाको खोजि गरि जसको प्रतिभा समेत प्रस्तुत गरिनेछ । महोत्सवमा नगरपालिकाका विभिन्न स्थानीय मौलिक कला सँस्कृतिका अन्तर्गत बैशाख ५ देखि १५ वटा विभिन्न नाचहरु प्रदर्शन हुने भएको छ ।

साँस्कृतिक बाजागाजा प्रदर्शनी स्थानीय तथा रैथाने बालीबाट बनेका विभिन्न स्थानीय खाजाका परिकार प्रदर्शनी हुनुका साथै स्थानीय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतिहरुको अवलोकन गर्न सकिनेछ । स्थानीय भेषभुषा प्रदर्शनी, विभिन्न बाजागाजा सहित क्षेत्रगत परम्परागत प्रदर्शनी रहने भएको कार्यक्रम संयोजक कार्कीले बताएका छन् ।

कमेन्टहरु