बाँकेमा पौडी खेल्ने क्रममा बेपत्ता भएको ३ जनाको शव फेला

जगत ठाडा मगर
२०७८ साउन ७ | बिहान ११:०४ बजे

बाँके । बाँके जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अबस्थामा हिजो साँझ ३ जनाको शव फेला परेको हो ।
उक्त शवहरु कोहलपुर नगरपालिका वडा नम्वर ११ स्थित श्रृष्टिहल नजिक बस्ने अन्दाजी १६ बर्षका अरिब जसगढ, सोही स्थानका १७ बर्षका अरमान जसगढ र सदरलाईन टोल बस्ने १८ बर्सका रासिद जसगढका थिए।
बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार उनीहरु त्यस नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको शव फेला पारेको हो ।
उनीहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको छ ।






















