विचार/ब्लग, शिक्षा

बागलुङ भकुण्डेबाट बसाइ सराइ गर्ने मगर जातिको एक अध्ययन

याम बहादुर थापा मगर
२०८२ बैशाख ३ | मध्यान्ह ११:०१ बजे

याम बहादुर थापा मगर
बागलुङ नगरपालिका— १०, भकुण्डे, धौलेचउर ,बागलुङ
९८४७६५७३००

लेखको सुरुवात
नेपालको गण्डकी प्रदेश बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे गाऊँलाई अत्यध्यिक मगर समुदायको बसोवास स्थल भएकोले अध्ययन क्षेत्रको रुपमा लिएको छु । समग्र बागलुङ जिल्ला मगर जातिको अधिक बसोबास समेत नेपाल भर चिनिन्छ । भकुण्डे गाऊँ पनि अधिक मात्रामा मगर समुदायहरुको बसोबास भएको गाऊँमा पर्दछ । भकुण्डेमा मगर बाहेक उपाध्याय बाहुन, जैसी, बाहुन,कामी, सार्की, विश्कर्मा, बोसेल, रायमाझी, भण्डारी क्षेत्री, मल्ल,अधिकारी, ठकुरी, शाही, रोका, क्षेत्री, शेरचन,नेवार समुदायहरु बसोबास गर्दछन । मगर जातिमा रामजाली, सिंजाली, तारमी, राना, शुर्वजा, सलामी, पुलामी, थापा मगरहरुको बसोबास गर्दछन् । विभिन्न थर, उपथरका मगरहरु भएपनि लाहुरे हुने प्रयोजनका लागि थापा मगर नै लेखाउने चलन रहेको पाउन सकिन्छ ।

बहुमतमा मगर समुदाय भएपनि कम मात्रामा पहिला बसाइ सराइ सरेको हुनु, तर आज भोलि बढी मात्रामा बसाइ सराइ भएको पाइन्छ । तर सुरुवातमा एक घर परिवार भएको थकाली समुदायका विष्णु शेरचन शिक्षक भएर आउनु र छोटो समय अध्यापन गरेर स्थायी घर मगर समुदायलाई बिक्री गरेर फर्कनु ,थकाली जाति पछि नेवार समुदाय स्थानीय तहमा राम्रो व्यापार व्यवसाय मोटर बाटो आएपछि व्यापार पहिला जस्तो व्यापार नहुने भएपछि बसाइ सराई गर्नु ,नेवार समुदाय पछि बाहुन समुदायको बसाइ सराइ गरेको पाइन्छ । त्यसै गरी क्षेत्री, रायमाझी, भण्डारी,शाही, मल्ल थरका तिव्र रुपमा बसाइ सराइ गर्नु , सबैभन्दा पछि मगर समुदाय सदरमुकाम बागलुङ बजार, पोखरा शहर, काठमाडौ, नारायगढ, बुटवल, भैरहवामा बसाइ सर्नु, मगर समुदायका मानिसहरु पछिल्लो समयमा धिमे गतिमा प्रगतीका पाइलाहरु चाल्दै र आर्थिक उन्नती गरी बसाइ सराइ गरेको पाइन्छ । पछिल्लो समयको अवस्थामा शिक्षा, स्वास्थ्य,रोजगारी, राजनीतिक, औद्योगिक क्षेत्र, डिजिटल मिडियाहरुका बारेमा प्रभाव जम्माउँदै आएको अवस्थामा मगर समुदाय भित्रका कुलत, कुप्रथाहरु, मद्यपान, धुम्रपान, गाजा चरेसको बढदो प्रयोग गर्ने चलनमा बसाइ सराइका कारण धेरै मात्रामा गिरावट आएको बारेमा लिखित तथा मौखिक अध्ययनको श्रोतबाट अवगत हुने गरेको छ ।

पहिला जमिन, खरबारी, घर बाहुन, क्षेत्री, थकाली, नेवार समुदायबाट किनेका जमिनहरु अहिले बल्ल खेती योग्य जमिन बझाएर, त्यसै अलपत्र छोडेर आजभोलि पोखरा, काठमाडौ, नारायणगढ, बुटवल, भैरहवा सरेका छन् । पछिल्लो समयमा प्रवासीका रुपमा त जापान, पोर्चुगल, अमेरिका, अष्ट्रेलिया, क्यानाडा तिर पिआर लिएर बसाइ सर्ने प्रचलन पछिल्लो समयमा बढेर गएको अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ ।

थातथलो छोडन नसक्ने, पशुपालन व्यवसाय संचालन गरेर गुजारा गर्ने, आर्थिक उत्पादन र आय आर्जनबाट थकाली, नेवार, क्षेत्री समुदायको जग्गा खरिद गरी बस्ने,सिमित दलित समुदायले मुखियाको घर, विष्टको घर भनेर मख्ख पारी दिने चलनले गर्दा सन्तोषको जिवन यापन गरेका कारणले मुलबासी, खरिया खनेर खेत बारी बनाएको थातथलोबाट बसाई सराई गर्ने चलनले सामाजिक, राजनैतिक, सास्कृतिक,आर्थिक रुपमा प्रभाव पारेको छ ।

विषय प्रवेश
नेपाल बहुभाषिक, बहुजाति, बहुसाँस्कृतिक, बहुधार्मिक मुलुकमा पर्दछ । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैगिंक विभेद सहित आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने मुख्य आशय नेपालको संविधान २०७२ को प्रस्तावनामा उल्लेख गरेको छ । नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग किलोमिटर रहेको छ । संघीय मुलुकमा एक संघीय राज्य, सात प्रदेश, ७५३ मुलुकमा विभाजित रहेको छ । नेपालका कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश रहेको छ िमगर जातिहरु बढी मात्रामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भएपनि छिटफुट रुपमा नेपाल भरी र विदेशमा भारत, भुटान, बर्मा लयायतका देशमा रहेको पाइन्छ । अहिले पछिल्लो समयमा वैदेशिक रोजगारको शिलशिलामा अमेरिका, जापान, अष्ट्रेलिया, युके,पोर्चुगल, जर्मनी, फ्रान्स,बेल्जियम, लगायतका देशहरुमा विश्वव्यापीकरणका कारण पुगेको पाउन सकिन्छ । नेपालको जनगणना वि.स.२०७८ अनुसार बागलुङ जिल्लामा ५६,१०२ जना जनसख्यामा पुरुष ४६.५ प्रतिशत र महिला ५३.५ प्रतिशत रहेकोमा जनघनत्व ५७२ रहेको छ । कुल परिवारहरु १५,९२४ रहेकोमा कुल साक्षरता ८३.५ प्रतिशत भएकोमा ९१.२ प्रतिशत पुरुष साक्षरता र ७७.० प्रतिशत महिला साक्षरता दर रहेको छ । बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेको कुल जनसख्या ३०७७ जना मध्ये पुरुष १४३० जना र महिला जनसख्या १६४७ रहेको पाइन्छ । मगर समुदायको जनसख्या अधिक मात्रा झन्डै ८० प्रतिशत रहेको छ । मगर समुदायको आर्थिक,शैक्षिक, राजनैतिक, प्रशासनिक,न्यायिक, नागरिक समाज, औद्योगिक क्षेत्र तथा वित्तीय क्षेत्रहरुमा अब्बल खालको उपस्थित हुनका लागि राज्यका अगहरुमा हुन जरुरी छ । जनसख्याको आधारमा बढी भएपनि राज्यका अगंहरुमा कम सहभागीता हुनु नेपाल भित्रका मगर समुदायहरुमा चेतना स्तर कमजोर र अब्बल शिक्षाको अभाव महसुस हुन्छ । मगर जाति भित्रका कुचलन, कुसस्कार र कुरीतिलाई हटाउदै आफु भित्रको खराब तत्वलाई तिरष्कार गर्दै अब्बल नागरिक बन्नका लागि मगरमा जागरण आउनु पर्ने हुन्छ ।
बसाइँसराइ भन्नाले कुनै एक स्थानबाट अर्को स्थानमा भौगोलिक,सामाजिक,आर्थिक अवस्था विगतमा भन्दा सुगम,सुलभ स्थानमा जाने घुमन्ते कार्यलाई बुझिन्छ । कुनै निश्चित समयावधिमा एक भौगोलिक क्षेत्रबाट अर्को भौगोलिक स्थानमा परिवर्तनमा संलग्न भएका मानिसहरुको चाल नै जनसांख्यिक, दृष्टिकोणमा बसाइँसराइ मानेको वर्तमान युगमा बसाईसराई मानेको अवस्था छ ।

अध्ययन क्षेत्र बागलुङ भकुण्डेको परिचय
नेपालको गण्डकी प्रदेश बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे गाऊँलाई अध्ययन क्षेत्रको रुपमा लिएको छु । समग्र बागलुङ जिल्ला मगर जातिको अधिक बसोबास भएकोमा गनिन्छ । भकुण्डे गाऊँ पनि अधिक मात्रामा मगर समुदायहरुको बसोबास भएको गाऊँमा पर्दछ । भकुण्डेमा मगर बाहेक उपाध्याय बाहुन, जैसी बाहुन, रायमाझी, भण्डारी क्षेत्री, मल्ल, ठकुरी, शाही, रोका, क्षेत्री, शेरचन,नेवार समुदायहरु बसोबास गर्दछन । मगर जातिमा रामजाली, सिंजाली, तारमी, राना, शुर्वजा, सलामी, पुलामी, थापा मगरहरुको बसोबास गर्दछन् । विभिन्न थर, उपथरका मगरहरु भएपनि लाहुरे हुने प्रयोजनका लागि थापा मगर नै लेखाउने चलन रहेको पाउन सकिन्छ । मगर भाषाहरु मध्ये मगर ढुट, काइके भाषा, खाम भाषाहरुनेपालका रोल्पा,रुकुम, स्याङजा, तनहँ,पाल्पा, बागलुङ जिल्लाको पश्चिममा बोले पनि भकुण्डेका मगरहरु बोल्दैनन । मुलाबारीको डाँडामा भ्यु टावर निर्माण भएको, बराहताल दह, भैरव स्थान मन्दिर जाने बाटो भएकाले प्रख्यात गाऊँ भकुण्डे पर्दछ ।

गण्डकी प्रदेश बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे गाऊँको कुल क्षेत्रफल १०.७८ वर्ग कि.मि. क्षेत्रफल रहेको छ । भकुण्डेको पुर्वमा बागलुङ नगरपालिका १२ अमलाचौर,पैयुँपाटा, पश्चिममा रायडाँडा, उत्तर बागलुङ नगरपालिका बजार र तित्याङ तथा दक्षिण तिर रायडाँडा गाऊँ पर्दछ । भकुण्डे गाउँ समुन्द्री सतहदेखि करिव ६५० देखि २३५० मिटरसम्मको उचाईमा अवस्थीत छ । भकुण्डे गाउँमा२८ड्ढ३’ उत्तर देखि २८ड्ढ४’ उत्तरी अक्षांशसम्म र ८३ड्ढ ९’ पूर्व देखि ८३ड्ढ १०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । भकुण्डे गाऊँमा हावापानी समशितोष्ण प्रकार रहेको छ । तापक्रम जाडो याममा शुन्य डिग्री सेल्सियस भन्दा तल पुग्ने र गर्मी याममा ३२ड्ढ सेल्सियस सम्म बढ्ने भकुण्डे गाऊँमा कहिलेकाँही जाडो याममा हिउँ समेत पर्दछ ।

भकुण्डेमा खर्सु, साल, सल्ला, उत्तिस, पैयुँ, ओखर, चिलाउने, लाँकुरी, गुरास, दबदवे,झयानो,टिमुर, आरे, काफल, सिल्टुमुर आदि वनस्पति पाइन्छ । फुलका बोटहरुमा सयपत्री,थुङे फुल, मखमली, गुलाफ, लालि गुराँस आदि पाइन्छ । साथै फलफुलहरुमा सुन्तला, नास्पाती, पलम,आरु, केरा, कागती, निमुवा,बिमोरो, भुइ स्याऊ लगायतका पाइन्छ ।

सालैजो,भजन,भैलो नाच जस्ता लोक सस्कृति भकुण्डेमा प्रचलित रहको छ । आलु, मुला, धान,कोदो,मकै, गँहु, जौ आदि खेतीहरु गरिन्छ । भकुण्डेमा माहुरीपालन, भेडापालन, बाख्रापालन, गाइ बस्तु, हाँस कुखुरा आदि पशु पन्छिको लागी उपयुक्त मानिन्छ । हिमश्रृङखलाहरुमा चार वटा धौलागिरी, निलगिरी, माछापुच्छ्रे र अन्नपुर्ण अवलोकन गर्न सकिन्छ । साथै अतिथि सामुदायिक होमस्टे ( घरबास ) कार्यक्रम सचालन भएको, नेपालका होमस्टका पिता स्वर्गिय रुद्रमान गुरुङ स्मृति पार्क शालिक सहितको स्थापना भै पार्क मार्फत संरक्षण भएको छ । नेपालको चर्चित स्याङजा जिल्लाको सिरुवारी सामुदायिक होमस्टेसँग बागलुङ भकुण्डे गाऊँको भगिनी सम्बन्ध कायम भै बाह्रय र आन्तरिक पर्यटकहरुलाई आदान प्रदान गराउने सम्झौता भएको छ । त्यसैगरी विगतमा पञ्चायत कालमा बागलुङ जिल्लाको सभापति १७,१८ वर्षसम्म लगातार भएका स्वर्गिय रणसिंह थापा मगर हुनुभएको ऐतिहासिक महत्वको राजनैतिक कार्यकाल रहेको भकुण्डे गाऊँबाट समेत चिनिन्छ । त्यसै गरी नेपालको संविधान निर्माणका लागि संविधान सभाका सदस्य नर बहादुर थापा मगरको प्रतिनिधित्व भएको भकुण्डे गाऊँ परिचित छ ।

अध्ययन क्षेत्र बागलुङ भकुण्डेको महत्व
अत्यधिक बहुमतमा मगर समुदाय भएपनि कम मात्रामा बसाइ सराइ सरेको मगर समुदाय हुनु र मगर समुदाय बसाइ सराइ गरेपनि पछाडी मात्र सर्ने गरेको बारेमा सुक्ष्म अध्ययन गर्न खोजेको अवस्था छ । एक जना थकाली समुदायका विष्णु शेरचन शिक्षक आउनु भै स्थानीय मगर युवतीसँग विवाह गरेको तर लामो समयसम्म वैवाहिक जीवन सफल हुन नसकेको र छोटो समयमा अध्यापन गर्न छाडेर छोरा छोरीको उच्च अध्ययन गर्न बागलुङ बजारमा नै फर्कनु,थकाली जाति पछि भकुण्डेबाट नेवार समुदाय स्थानीय तहमा राम्रो व्यापार व्यवसाय चौवाटोमा घर जग्गा बनाई गरेको भएपनि कुश्मा, काठमाडौ, पोखरा, बुटवल, बागलुङ बजारमा सुगम र उन्नत स्थलमा बसाइ सराई गर्नु ,नेवार समुदाय पछि बाहुन समुदायका मानिसहरु निजामति सेवामा रोजगारी गरेर सरुवा भएको सुगम स्थानमा बसाइ सराइ गर्ने गरेको अवस्था रहेको छ । क्षेत्री, रायमाझी थरका बसाइ सराइ क्रमशः चल्ने र मगर समुदायका धनी लाहुरेहरुले बसाइ सर्नेहरुको घर,जग्गा खरिद गरेर बस्नु रहेको अवस्था छ । बसाइँ सराई क्रममासबैभन्दा पछि मगर समुदाय जिल्लाको सदरमुकाम बागलुङ बजार, पोखरा शहर, काठमाडौ, नारायगढ, बुटवल, भैरहवामा बसाइ सर्नु अहिलेको अवस्था रहेको छ । मगर समुदायमा लागेका मानिसहरु पछिल्लो समयमा मात्रधिमे गतिमा प्रगतीका पाइलाहरु चाल्दै गरेको अवस्था र शिक्षा, स्वास्थ्य,रोजगारी, राजनीतिक, औद्योगिक क्षेत्र, डिजिटल मिडियाहरुका बारेमा प्रभाव जम्माउँदै आएको अवस्था देखिन्छ । मगर समुदाय भित्रका कुलत, कुप्रथाहरु, मद्यपान, धुम्रपान, गाजा चरेसको बढदो प्रयोग गर्ने चलनमा गिरावट आएको र पहिला जमिन, खरबारी, घर आदि अचल सम्पत्ति बाहुन, क्षेत्री, थकाली, नेवारबाट किनेका जमिनहरु अहिले खेतीपाती गर्ने मानिसहरु नभएर खेती योग्य जमिन बझाउँदै गरेको अवस्था छ । त्यसै घर, जमिन छोडेर आजभोलि पोखरा, काठमाडौ, नारायणगढ, बुटवल, भैरहवा सरेका छन् । पछिल्लो समयमा त जापान, पोर्चुगल, अमेरिका, अष्ट्रेलिया, क्यानाडा तिर पिआर लिएर बसाइ सर्र्र्ने प्रचलन धेरै पछि मात्र भएको छ ।

अध्ययन क्षेत्र बागलुङ भकुण्डेको समस्या
भकुण्डेका मगरहरुले कमाई गरेको धन सम्पत्तिबाट बसाइ सराइ गरेर जाने थकाली, नेवार, क्षेत्रीहरुको घर,बारी , खेत, खरबारी किनेर बस्ने चलन र भारतीय सेनामा भर्ती हुने बाहेक उच्च शिक्षा हासिल गरेर नेपालमा नै रोजगारी बन्ने बातावरणमा ध्यान नपुग्नु मुख्य समस्यामा रहेको पाइन्छ ।परदेशमा रहेका कमाई गर्ने गाऊँका मगर युवाहरुलाई देश, गाऊँको अर्थतन्त्र र विकासको लहर बारेमा जानकारी नहुनु ,मगर समुदायका बुढा पाका उमेरका मानिसहरु निरक्षर भै पशुपालन, कृषि पेशा र ढाक्रेका रुपमा काम काज गर्दै निर्वाहमुखी जिवनयापन गर्नु, मगर समुदायका पुराना लोक गित, झाम्रे, सालैजो, विना सालैजोहरुलाई सरक्षण गर्न गाह्रो हुनु साथै आर्थिक रुपमा आय आर्जन हुने व्यवसायिकता र लोकप्रियता मगर समुदायका कलाकारमा भन्दा अरु जातिका कलाकारहरु हावी हुनु ,आर्थिंक मन्दीले गाऊँमा ऋण सापटी पाउन छोडी लघु वित्तिय, सहकारीबाट ऋण लिएर भएपनि शहर बजारमा जानेक्रम तिब्र रुपमा बढयो । मगरको आदिम थलो,मुल बासी, आदिवासी भुमि पुत्र भएका भन्ने बारेमा भावी पुस्ताका लागि थप समस्या हुन सक्दछ । ऋतु याम अनुसार प्रकृती पुजकको शैलीमा पुजा आजा, रमाइलो गर्ने प्रचलन कायम रहेको, पशुपालन व्यवसायमा डाँडा काडा र पहाडी भेगमा बसोबास गर्न रुचाउने जाति मगर भएकोले सोलाई वैज्ञानिक रुपमा अहिलेका पुस्तालाई अवलम्बन गराउन गाह्रो भएको छ । पुराना लोक सस्कृतिहरु हराउँदै जान थालेको छ । नयाँ घरहरु निर्माण हुन छोडेको छ । दुखी गरिब मानिसहरु मात्र गाऊँमा बस्ने बाध्यता आएको छ । मगरहरुको गाऊँ पुजा गर्ने चलनमा नियमितता आउन छोडेको छ । खेतीपाती गर्ने जमिन बाँझोमा परिणत हुँदै गएको छ । पर्मा, हुण्डा, पैचो जस्ता लोक परम्परा हराउँदै गएको छ । कडा परिश्रमका कामकाज गर्न जिल्ला बाहिरबाट मानिसहरु आउने प्रचलनले गाऊँको पुजी बाहिर गएको छ । लोक गित, लोक बाजाहरु जस्तै सारगी, मादल, तबला, हार्मोनियम, बाँसुरी, किर्बोड बजाउने युवाहरुको संकट पर्न थालेको छ । बौद्धिकता पलायन भएर पुराना प्रचलन हराँउदै गएको अवस्था छ । मानिसहरु प्रत्यक्ष सिधा सम्र्पक आवत जावत गर्नका लागि कच्ची पहाडी सडक रहेको छ । न्युन आय भएका गरिबीमुलक जनसख्याँहरुको बाहुल्यता रहेको छ । सक्षम जनशक्तिहरु अभाव भै कमजोर शैक्षिक योग्यता भएका महानुभावहरुको मात्रा स्थायी रुपमा बसोबास हुने गरेको छ ।

बसाइँ सराइको साहित्य पुनरावलोकन
नेपालका धेरै गाउँमा बिजुली, सडक, खानेपानी, विद्याल, सामुदायिक भवन, सिचाई लगायतका पुर्वाधारका धेरै सुविधा पुुगिसकेको भएपनि बसाइँसराइ कम नभएको अवस्था छ । भारतका पुर्वराष्ट्रपति एपीजे अब्दुल कलामले बसाइँसराइलाई रोक्नका लागि ग्रामिण क्षेत्रमा शहरका सुविधाहरु पुरयाउनु पर्ने अवधारणा सारेका थिए । बसाइँसराइ बारेमा विकास अर्थशास्त्री माइकल टोडेरोको सिद्धान्त अनुसार कुनै पनि मान्छे आफु बसिरहेको ठाऊँ छाडेर बसाइ सर्न तयार हुन्छ भने उसले त्यसको लागत र लाभको विश्लेषण गर्छ । आफु बसिरहेको ठाऊँबाट बसाइँसराइ गर्दा कति लागत पर्छ र कति लाभ हुन्छ भनी तुलनात्मक रुपमा हेर्छ । अनि बसाइ सर्दा लागत भन्दा लागत बढी हुन्छ भन्ने लागेमा जुनसुकै हालतमा गाऊँमा बस्नको लागि रोक्न सक्दिैन । केलाई लागत र केलाई लाभ मान्ने र त्यसको मुल्य कति राख्ने भन्ने हिसाब भने व्यक्तिको आफनो सोच, चिन्तन र विचार अनुसार हुन्छ । कुनै मानिसले फाइदा नदेखेको कुरा अर्कोले फाइदा देख्न सक्छ । गाऊँबाट शहरतिर हुने बसाइँसराइ रोकेर त्यसलाई गुल्जार बनाइ राख्ने हो भने स्थानीय व्यक्तिहरु नै विकासका पुर्वाधार निर्माण गर्नमा सक्रिय हुनुपर्छ । स्थानीय तहबाट उत्पादित जनशक्तिले स्थानीय तहमै रोजगारी पाउँछ । स्थानीय तहले आफनो क्षेत्रमा कस्तो जनशक्ति चाहिन्छ सोही अनुसार पाठयक्रम बनाएर स्थानीय विद्यालयमा पढाउनुपर्छ । बसाइँसराइको प्रवृत्ति रोक्नको लागि एकिकृत रणनीति नै चाहिन्छ, जसले नेपालका गाऊँ गाऊँमा उत्पादन भएको जनशक्ति गाऊँमै काममा स्वावलम्बन भई लागोस, गाउँमै बसेर काम गर्ने बातावरण बनोस भन्ने चाहना र इच्छाशक्ति नेपालका आधिकारीक दस्तावेजहरुमा अध्ययन गर्न पाइन्छ ।

अध्ययन क्षेत्रको बसाइ सराईको फाइदा र सकारात्मक प्रभाव
बसाइँसराइले विकास प्रक्रियामा सकारात्मक फाइदा तथा प्रभाव तपशिल बमोजिम भएको पाउन सकिन्छ ।
 सामुदायिक विविधताको सृजना, सांस्कृतिक रहनसहन र मूल्यमान्यताको आदान प्रदान भई सामाजिक मान्यताले मूर्तरुप पाउन सक्ने अवस्था रहेको ।
 नयाँ ठाऊँको रहनसहन सीप र शैलीमा अनुकुलित हुनका लागि व्यक्ति मेहेनती र प्रतिस्पर्धा, आर्थिक अवस्थामा सुधार भई गरिबी न्यूनिकरणको सम्भावना रहने ।
 सुगम स्थानमा भएका बसाइँ सराईबाट नागरिकहरुको चेतनास्तर र शिक्षामा बढोत्तरी भई विकासका लाभहरुको समानुपातिक उपभोग र विकासमा दिगोपना कायम गर्न सकिने ।
 खेतीयोग्य जमिन शहर आसपासको उपयोग भई उत्पादन र उत्पादकत्वमा बृद्धि भएको ।
 नयाँ प्रविधि, अवसर र सेवा सुविधाको पर्याप्त उपभोग भई मानव विकासमा प्रत्यक्ष लाभ पुगेको ।
 अन्तराष्ट्रिय बसाइँसराइका कारण विकासशील मुलुकहरु विप्रेषण आय र सिपबाट लाभाविन्त विकासका लागि आवश्यक स्रोत र सीप जुटाउन मार्ग प्रशस्त भएको ।

बसाइँसराइका लागि काम वा रोजगारी प्राप्त गर्नको लागि, उन्नत र समृद्धिमुलक व्यापार वा व्यवसाय गर्न , नर्वप्रर्वतनात्मक अध्ययन वा तालिम गर्न , अधिकांश महिला विवाहका कारण समेत बसाइ सराइ गरेको पाउन सकिन्छ । अनपेक्षित प्राकृतिक प्रकोपबाट कम रुपमा प्रभावित हुनका लागि, वैज्ञानिक तथा आधुनिक कृषि प्रणाली गर्नका लागि बसाइँ सराइ गर्ने गरेको पाउन सकिन्छ ।

बसाई सराईबाट भएको बेफाइदा तथा प्रभाव
बसाइँसराइका कारण मगर समुदायमा पारेका नकारात्मक प्रभावहरु तपशिल बमोजिम रहेका छन् ।
 शिक्षा,स्वास्थ्य, सुरक्षा जस्ता आधारभुत सेवा प्रवाहका साथसाथै अव्यवस्थित शहरीकरणका कारणले जटिलता उत्पन्न भएको उता ग्रामिण भेगमा सुधार हुँदै गएको ।
 सामाजिक बिकृति, बिसंगति र अपराधमा बढोत्तरी हुनुका साथै सुरक्षा चुनौति खुल्ला रुपमा बसाई सराई कै कारण सांस्कृतिक, सामाजिक विविधतामा अन्तरक्रियाकलाप आउनुले सामाजिक विकासको प्रक्रिया अवरुद्ध बन्न पुगेको ।
 उद्धगम स्थानमा विकास क्रियाकलापको संचालनका लागि सक्रिय जनशक्तिको अभाव रहने अवस्था ।
 गरिबीमा बढोत्तरी, धनी र गरिबबिचको खाडल बढेको, विकासका लाभहरुको समानुपातिक विचरणको अवस्था र नजिकका तेह्र दिने किरिया लाग्ने मगर दाजुभाई समेत पुस्तान्तरणले चिनजान हुने समस्याले तेह्र दिने दाजु भाइ चार दिशामा तिरवितरण भएकोले विकराल रुपमा जरा गाँडदै गएको अवस्था ।
 बेरोजगारी, श्रम बजारमा दबाब सृजना भएको र बिहान बेलुका के खाने भन्ने समस्या बेरोजगारीको समस्या टड्कारो सामना गर्नुपर्ने भएको ।
 बसाइँसराइका कारण पुराना सामाग्रीहरु हराउँदै गएको गएको सग्राहलय बनाएर संरक्षण गर्नुपर्ने अवस्थाको सृजना भएको ।
 अव्यवस्थित बसाई सराईका कारण ढल, फोहोरमैला व्यवस्थापनमा समस्या, बातावरणीय असन्तुलन भई कार्वन व्यापारको उत्र्सजनको दबावले वातावरण र विकासबिच सन्तुलन कायम गर्न नसकिएको ।
 पुराना जातिय पोशाकहरु युवायुवतीहरुमा फेशनको रुपमा लगाउने भएपनि आधुनिक पहिरनमा लुप्त हुनाले पहिचान खोज्न पर्ने अवस्था आएको ।
 अन्तरजातिय विवाह गर्ने युवायुवतीहरुमा दलित समुदायको युवाहरुले मगर युवतीहरुलाई माया प्रेमले विवाह कार्यक्रमले बढदो मात्रामा घटनाहरुले अभिवृद्धि हुँदा मगर समुदायहरुको थर, गोत्रहरुमा एकरुपता नभएको अवस्था ।
 मगर समुदायमा मृत्यु हुदाँ अहिले महिला र पुरुष मगर समुदायमा समेत मलामी जाने प्रचलनको विकास भएको ।
 विवाह उत्सव, ब्रर्तवन्ध समारोहमा कामकाज गर्ने मानिसहरु पहिला पहिला पुरुष मात्र सहभागी हुन्थे तर अहिले आमा समुहको टोली नै भोज भतेरमा सहभागी हुने सस्कार बनेको अवस्था ।

बसाइँसराइबाट गाउँबस्ती खाली भई खेतीयोग्य जमिन बाँझो हुने क्रम बढदो रुपमा वृद्धि हुन थाल्यो । शुद्ध कोदोको रक्सी बनाउने र व्यवसाय गर्ने मगर समुदायमा कोदोको खेतीपाती कम हुनाले कोदो शुद्ध रक्सी बन्ने काममा गिरावट आएको छ । रुख विरुवाहरुको वृद्धि भई नयाँ बनजंगलको विकास, बाँदर आतंकमा वृद्धि, गाउँमा भएका केही मानिसले ज्याला र हलि बाउसेको अभावले खेतीपाती गर्न नसक्ने अवस्था देखिदै छ । गाऊँघरमा बच्चाको जन्म नभएर वा जन्म भएपनि बसाइँसराइँको कारणबाट सामुदायिक विद्यालयहरु मर्ज वा बन्द भइरहेका छन् । बाख्रा भेडापालनमा गिरावट आई राडी पाखी बुनेर ओढने, ओछाउने कपडाहरुको अभाव हुन थालेको छ । शहर बजारमा जनघनत्व वृद्धि हुनाले शुद्ध र सफा खाना खाने घरहरु पाउन मुश्किल भएको छ । शहरी वातावरण बिग्रदो अवस्थामा रहेको छ । शहरका भौतिक पूर्वाधारहरु अतिरिक्त लगानी गर्नुपरेको अवस्था छ । तराईको खेती योग्य जमिन शहरीकरणमा परिवर्तन हुँदा तराईको बनजगल विनाश तर्फ उन्मुख हुँदै छ ।

मगर समुदायमा बसाई सराइका चुनौतीहरु:

मौलिक परम्परा र लोक सस्कृतिहरु जगेर्ना गरि भावी पुस्ताहरुका लागि बचाउने र हस्तान्तरण गर्नमा चुनौती थपिएको छ । मौलिक जातिय पोशाकहरुको परिहनलाई दैनिक जीवनयापनमा सदाबहार रुपमा पहिरनका लागि युवा युवतीहरुले रुचिकर नदेखाएको अवस्था छ । पुराना काठ,बाँस बनेका कलात्मक घरायसी सामाग्रीहरु आधुनिक फेशनका भाडाकुँडाहरुको अगाडी हेर्दाहेर्दै लोप भएको अवस्था छ । बजारको प्रतिस्पर्धात्मक योग्यता प्रणालीमा आधारित सेवा आयोगका परिक्षाहरुमा अब्बल दर्जाको नागरिक बनाउनमा सुझबुझको अभाव रहेको देखिन्छ । सुगम स्थानमा देखिने मगरहरुको बस्तीहरुमा कुलत, नशा, लागुपर्दाथको बढदो प्रभावले युवा युवतीहरु बसाइ सराइ गरेको दुई तिन पुस्तामा नै घरबार विहिन र सुकुम्बासी भावी दिनमा आउन सक्ने डरलाग्दो परिदृश्य देख्न सकिन्छ । बसाई सराइ गर्दा सधै सकारात्मक गुण र विशेषताहरु मात्र अनुकुल हुन्छ भन्ने छैन । विकास र आधुनिकतासँगै आउने नकारात्मक गुणहरुको सर्तकताबाट बच्नका लागि मगर समुदायका जमात संरक्षण गर्नका लागि लाग्नुपर्ने चुनौती टड्कारो रुपमा आएको पाउन सकिन्छ ।

त्यसैगरी स्थिर संगठनात्मक संरचनाको अभाव हुनु, विस्तृत एवं खण्डीकृत तथ्याक सहितको व्यवस्थापन सुचना प्रणाली स्थापना हुन नसक्नु, जनसांख्यिक लाभांशको रुपमा रहेको उत्पादनशील जनशक्तिको आन्तरिक बसाइँ सराइ र बाह्रय आप्रबासनले कृषि तथा गैरकृषि क्षेत्रको उत्पादनमा नकारात्मक प्रभाव पर्नु, विकासको असन्तुलित वितरण तथा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप जस्ता कारणले मानिसको स्वस्र्फुत बसाई सराइ प्रभावित भई जनसख्याको वितरणमा प्रतिकुल प्रभाव पर्नु, तीव्र रुपमा बढ्दै गएको सहरीकरणलाई व्यस्थित गर्न नसकिनु, जनसँख्या व्यवस्थापन, बसाई सराइ, आप्रवासन र विकास बीच समन्वयात्मक रुपमा कार्यक्रमहरु सञ्चालन गर्न नसक्नु जस्ता समस्या एव चुनौतीका आँखा अगाडि रहेका छन् । मगर समुदायको वंशावली तयार गरी एकै रगत नाता विचमा हुने हाडनाताको विवाहलाई रोक्नुपर्ने अवस्था आएको छ । मगर भाषाहरु बढदो सुचना र प्रविधिको प्रयोगले अभ्यासमा आउन छोडेकोले मगर ढुट, खाम मगर भाषा र काइके मगर भाषालाई श्रीवृद्धि गरि गुगुल ट्रान्सलेटमा सुचीकरण गर्नका लागि पहल गरेर अन्तराष्ट्रिय स्तरको भाषामा रुपान्तरण गर्नका लागि ढिला गर्न हुँदैन । मगर समुदाय विचमा रहेको नयाँ घर बनाउने समयमा निशुल्क श्रमदान गुहारे प्रथा, मुखिया प्रथा, पर्मा, हुण्डा प्रचलनलाई जिवन्त गहनाको रुपमा दस्तावेजीकरण गर्नुपर्ने चुनौती रहेको हुन्छ । हराँउदै गएको प्रचलनलाई डकुमेन्ट बनाएर भावी सन्ततीका लागि सुरक्षित राख्नु अहिलेको पुस्ताको गहन दायित्व सहितको चुनौती जलन्त रुपमा बनेको छ ।

मगर समुदायमा चेतना बढाउनुपर्ने

मगर समुदाय भित्रका असल अभ्यासलाई कसरी दस्तावेजीकरण गरी अपनत्व हुने गरी सस्थागत तरिकाले संरक्षण कसरी गर्ने भन्ने बारेमा आम बसाइँ सराइ गरेका मगर जनामा चेतना प्रवाह गर्नुपर्ने आवश्यकता टड्कारो रुपमा अपनाउनु पर्ने रहेको छ । मगर समुदाय विचको सहकार्य, सहयोग र सामुहीक भावनाको रुपमा रहेको झाक्री प्रथा, मुखिया प्रथा, कुल देवताको पुजा, लामा झाक्रीहरुको संरक्षण गर्नुपर्ने अवस्था आएको छ । बढदो प्रतिस्पर्धाको युगमा सुचना र प्रविधिलाई आत्मसात गरि बढदो फेशनको नाममा आउने पहिरनलाई अति आवश्यक बस्तु र सेवालाई मात्र उपयोग गरि बढी उत्ताउलो हुने गरी प्रयोगमा नल्याउने हुनुपर्दछ ।

मगर समुदायलाई हामी आदिवासी, मुलबासी र जनजाति हौ भन्ने सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउनमा अभियानमा नै थालनी गर्नुपर्दछ । उत्पादनशील क्षेत्रमा लगानी गरी रोजगारीको सृजना गरी उद्यमशीलताको सम्भावनालाई खोजी गर्न सक्ने नवप्र्रतनात्मक सस्कृति अवलम्बन गर्नका लागि मुलबासी र आदिबासीका नाताले गर्नुपर्दछ । रोजगारी, आयमुलक र उत्पादनशीलको भरपुर उपयोग गर्ने जनशक्ति मगर हुनुपर्छ । बसाइँसराइलाई रोक्न नसकेपनि असल र आशातीत जीविकाको विस्तार गर्नमा हामीले मगर समुदायले राज्यलाई घच्घचाउनका लागि निरन्तर लागि रहने नेतृत्व अब्बल तरिकाले लाग्नुपर्दछ । जलस्रोत, जैविक विविधता, जडीबुटी, सांस्कृतिक र प्रकृतिमा आधारित पर्या–पर्यटन उत्पादन, नगदे बालीहरुमा आधारित प्रशोधन उद्योगका साथै सिमेन्ट जस्ता आधारभुत उद्योग, बन्यजन्तुका साथै सांस्कृतिक, धार्मिक, पर्यटन र अन्तर्राष्ट्रिय व्यापार तुलनात्मक लाभका क्षेत्रमा मगर समुदाय दौडनु पर्ने आवश्यकता रहेको छ ।

निश्कर्ष
नेपाल देशको गण्डकी प्रदेश बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे गाऊँलाई अध्ययन क्षेत्रको रुपमा लिए पछि आगामी दिनमा मगर समुदायलाई अझै राजनैतिक, सांस्कृति,सामाजिक, आर्थिक रुपमा सबल र सक्षम बनाएर अगाडि बढने आवश्यकता महसुस भएको छ । समग्र बागलुङ जिल्ला मगर जातिको अधिक बसोबास भएको जिल्ला भएकोले छिमेकी जिल्लाका अशल अभ्यासको सिको गरेर बसाइँ सराइका सकारात्म्क र नकारात्मक मुद्धाहरुलाई भुइमान्छे स्तरमा छलफल चलाउन मगर संघका नेतृत्वलाई घच्घचाउने योजना बनाउने रहेको छ । भकुण्डे गाऊँ जस्तेै अधिक मात्रामा मगर समुदायहरुको बसोबास भएको गाऊँहरु मध्ये रेश, तग्राम,तमान, राङखानी, हुग्दीशिर, विजुवा, पाण्डवखानी लगायतका गाऊँहरु पर्दछ । भकुण्डेमा मगर बाहेकदलित,बाहुन,क्षेत्री समुदायहरु बसोबास गर्दछन ।

भकुण्डेका मगर समुदायहरु बागलुङ बजार, पोखरा शहर, काठमाडौ, नारायगढ, बुटवल, भैरहवामा अरु जातिभन्दा पछि बसाइ सर्नु मगर समुदायमा लागेका मानिसहरु पछिल्लो समयमा धिमे गतिमा प्रगतीका पाइलाहरु चाल्दै गरेको अवस्था शिक्षा, स्वास्थ्य,रोजगारी, राजनीतिक, औद्योगिक क्षेत्र, डिजिटल मिडियाहरुका बारेमा प्रभाव जम्माउँदै आएको अवस्थामा मगर समुदाय भित्रका कुलत, कुप्रथाहरु, मद्यपान, धुम्रपान, गाजा चरेसको बढदो प्रयोग गर्ने चलनमा गिरावट आएको बारेमा लिखित तथा मौखिक अध्ययनको श्रोत साधनको उपयोग गरिने छ ।

पहिला जमिन, खरबारी, घर बाहुन, क्षेत्री, थकाली, नेवारबाट किनेका मगर समुदायका जमिनहरु अहिले बल्ल खेती योग्य जमिन बझाएर, त्यसै छोडेर आजभोलि पोखरा, काठमाडौ, नारायणगढ, बुटवल, भैरहवा मगर समुदायका मानिसहरु बसाइँसराइ सरेका छन् । पछिल्लो समयमा प्रवासीका रुपमा त जापान, पोर्चुगल, अमेरिका, अष्ट्रेलिया, क्यानाडा तिर अस्थायी र स्थायी रुपमा बसाइँसराइ गर्नेको ग्राफ बढदो छ ।

थातथलो छोडन नसक्ने, पशुपालन व्यवसाय बढी मात्रामा संचालन, आर्थिक उत्पादन र आय आर्जनबाट थकाली, नेवार, क्षेत्री समुदायको जग्गा खरिद गरी बस्ने,सिमित दलित समुदायले मुखियाको घर, विष्टको घर भनेर मख्ख पारी दिने चलनले गर्दा सन्तोषको जिवन यापन गरेका कारणले मुलबासी, खरिया खनेर खेत बारी बनाएको थातथलोबाट बसाई सराई ढिलो मात्रामा गर्न पुगे । तर बसाई सरेका मगर समुदाय पुर्खाहरुको थातथलोमा फिर्ता हुने शुन्य प्रायको सम्भावना छ भन्दा फरक पर्र्दैन । किनभने ५,१० वर्षको विचमा समुदायमा वंशाणुगत पुस्तान्तरले एक आपसमा हुने चिनजानको मानिसहरु कममात्रामा पाइन्छ । आफनो सम्पत्ति घर जग्गा सबै बिक्री भएको समेत हुन्छ ।

मगर जातिको बिषयमा भएको भकुण्डे गाऊँका मगर समुदायलाई आधार मानेर गरेको अनुसन्धानको शोधलेल थुप्रै मगर गाऊँको प्रतिनिधित्व गर्न सक्दछ । अझै गहिराईमा फरक फरक दृष्टिकोणबाट अध्ययन अनुसन्धान गरेमा पक्कै अध्ययनकर्ताहरुलाई प्रेरणाको श्रोत बन्ने थियो । अझै पनि आगामी दिनहरुमा विद्धान वर्गहरुको सुझाव र सल्लाहले परिकृष्त र अब्बल साहित्यको सामाग्री बनाउन सकिनेछ भन्दै सामान्य प्रयासलाई थप उर्जा दिनको लागि अमुल्य पृष्ठषोषणको अपेक्षा राख्दै अन्त गर्न चाहान्छु ।

सन्दर्भ सामाग्रीहरु
१)नेपालको संविधान,२०७२ । www.lawcommision.gov.np,
२ राष्ट्रिय तथ्यांक कार्यालय,थापाथली,काठमाडौ । www.censusnepal.cbs.gov.np
३) बसाईसराइको समस्या, आर्थिक अभियान राष्ट्रिय दैनिक, ३१ जेठ, २०७६ www.abhiyandaily.com
( ४) यस्ता छन् नेपाली बसाइँ सर्नुका १० कारण, सेतोपाटी.डट.कम, चैत्र १०,२०७९
५) शर्मा, कृष्ण प्रसाद शर्मा, बसाइँसराईबाट पर्न सक्ने प्रभाव र समाधानका उपाय, आर्थिक अभियान दैनिक पत्रिका, साउन १,२०७९
६) www.bhakunde.com.np विभिन्न वेवसाइट पेजहरु
७) बसाइँ सराइको प्रभाव, फागुन १७, २०७६। तिवारी, णराज
८) शर्मा, पिताम्बर, बसाइँसराइ ः समृद्धिको मुख्य चुनौती । नयाँ पत्रिका दैनिकसाउन २०, २०७५ ।
९) थापा मगर, नर बहादुर । सविधान सभा सदस्य । मौखिक अन्र्तर्वाता । बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे,बागलुङ जिल्ला
१०) नेपाल परिचय ( बाह्रौ सस्करण ) । सुचना विभाग, काठमाडौ नेपाल www.doib.gov.np

कमेन्टहरु