देश

चितवनमा घोलभित्र एक युवकको शव फेला, गोली लागेको आशंका

जगत ठाडा मगर
२०७८ साउन ७ | बिहान ११:०४ बजे

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं १७ शारदानगरस्थित बनगाई डेरी चोक नजिकै शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ ।

डेरी चोकबाट दक्षिण तर्फ शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलको पानीभित्र अन्दाजी ३० वर्षका युवकको शव फेला परेको हो । सो ठाउँमा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतकको पहिचान भने अझै खुलेको छैन । मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएकाले यो हत्या हुन सक्ने प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले बताउनु भयो ।

कमेन्टहरु