पर्यटन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
संरक्षणकाे परखाईमा दहछाल


बाजुरा , बैशाख ३ । बाजुराको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ६ पाँडी गाउँमा रहेको दहछाल ताललाई पुराना पुस्तौले दियो भन्ने गर्थे ।
२०२२ साल भदौ महिना त्यो दहछाल ताल पुरौ ढलेर गएको थियो । दियो भने पुस्तौ देखि चर्चामा रहेको यो दहछाल ताल अहिले भग्नावशेष अवस्थामा रहेको छ ।
मानसरोवर थाल मुगु जिल्ला रारा ताललाई बटुको र पाँडीको दहछाल ताललाई दियो भनेर चिनिएको यो ताल अहिले संरक्षणको अभावमा रहेको छ ।
अविरल वर्षाका कारणले कलना र घछाडा खोलाले ढुङ्गा मुडा बगाएर ताललाई क्षदविछेद पारेको थियो ।
२०२२ साल भदौ महिनामा दहछाल ताल ढलेको हो । त्यसपछि अहिले नत यस ठाउँमा खेतीपाती हुने गर्छ न ताल संरक्षण अवस्थामा रहेको हिमाली गाउँपालिका – ६ पाँडी गाउँका प्रवलाल भण्डारी बताउनुभयो ।”
उहाँले भन्नुभयो, “अहिले सम्म कुनै संघसंस्था तथा राज्यको नजर नपुगेको छैन् । यो ताल संरक्षण भएदेखि यहाँ पर्यटन आउँने निकै सम्भावना छ ।”
यहाँका स्थानीयको आर्थिक अवस्था सुधार गर्ने गरी यस ताललाई संरक्षणको माग गरेको भएपनि अहिले सम्म सरकारले यसको कुनै सुनुवाई नभएको भण्डारीले बताउनुभयो ।
पाँडी गाउँको दहछाल ताल पुनः निर्माण भयो भने बाजुरा जिल्लकै नमुना चिनिने ताल बन्छ । ताल सम्भावना अनुसार बन्न सकियो भने यहाँका मान्छेहरूको जनजीवन संगै भविष्य फेरबदल हुने थियोे ।
यसको लागि स्थानीय, प्रदान र संघ सरकारले दहछाल तालको पहल गरिदिने हो भने, हाम्रो अवस्था नभएपनी भोलिको सन्ततिलाई राम्रो हुने हिमाली गाउँपालिका –६ पाँडी गाउँका ७० वर्षीय वृद्ध जोगा रोकायाले बताउनुभयो ।
यो दहछाल ताल कस्तो थियोे त त्यस्तै पनि अहिले हामीले बनाउन पाए हुने थियोे भन्ने, हामी सबैको सोच छ । यहाँका समुदाय कुनै सोच छ, तर बनाउने हाम्रो क्षमता छैनन् ।“ कुनै संघ संस्थाले सरकारी निकायले नजर लगाएर हेरिदियो भने , यो ठाउँ स्वर्ग बन्ने थियोे भन्ने सोच छ । ताल पुनः निर्माण गर्नको लागि थोरै पैसा लाग्ने खर्चिलो पनि त्यति नभएको हिमाली गाउँपालिका – ६ पाँडी गाउँका ७१ वर्षीय वृद्ध नरजित रावलले बताउनुभयो ।“
बनाउदा नेपाल सरकारको ढुकुटी धेरै खर्छ हुने पनि छैनन् । ताल ड्याम्म बाध बानेर पहिलाको जस्ताको त्यस्तै दहछाल ताल बनाउन सकियो भने, यहाँका मान्छेहरू सबै बन्ने थिए । यहाँको मान्छेहरूको जीविकोपार्जन चलाउन सजिलोसँग गर्न सक्ने थिए ।
यहाँका जनताको सोच ताल बनाउने सोच अहिले आएको छ । हामी बनाउन नसकिने कुनै संघ संस्था अथवा राज्यले नजर लगाउन सके यहाँको जनताको भविष्य बनाउनका लागि गाउँका मान्छेहरूको भाग्य रेखा कोरनको लागि सम्बन्धि निकायले हेरियो, यहाका मान्छेको खायो हुने थियोे अहिले सबैको सोचमा आएको गाउँका वृद्ध रावलले बताउनुभयो ।























