बर्दघाटदेखी त्रिबेणीसम्म सडक स्तरउन्नतिका लागी माग


नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट देखी त्रिबेणी सम्म जोड्ने सडक स्तर उन्नतीको लागी आगामी आर्थिक बर्ष ०८२। ०८३ मा बजेट बिनीयोजनाको माग गरिएको छ । उक्त माग राख्दै नेपाल राष्ट्रिय मगर संघ लुम्बिनी प्रदेश समिती र नेपाल तरुण दल नवलपरासीले पश्चिमले नवलपरासी संघीय निर्वाचन क्षेत्र १ का संघीय सांसद बिनोद चौधरीलाई बजेट बिनियोजनाका लागी आवश्यक पहल गरिदिनु माग पत्र बुझाईएको हो ।
नेपाल राष्ट्रिय मगर संघ लुम्बिनी प्रदेश समितीका सभापति एवंम् नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला सदस्य प्रेम बहादुर कामु मगर र नेपाल तरुण दल नवलपरासीले पश्चिमका सभापति शुक बहादुर गुरुङ्गले फरक फरक माग पत्र सांसद चौधरी समक्ष बुझाएका हुन् ।
सो माग पत्र बुझ्दै सांसद चौधरीले आफुहरुले बजेट बिनियोजनाका लागी आवश्यक निकायमा पहल गर्ने प्रतिबद्धता ब्यक्तभयो । बर्दघाट देखी हुलासी बाटो हुदै त्रिबेणी सम्म पुग्न निकै सडक बिग्रीएका कारण आवतजावतमा समस्या भएको भन्दै सो सडक खण्ड स्तर उन्नतीको लागी आगामी आर्थिक मा बजेट बिनीयोजनाको माग गरिएको हो।























