वीरगञ्ज शोभायात्रा प्रकरण : चार जना पक्राउ, धर्ना स्थलमा लाठीचार्ज, पत्रकार घाइते
दिप्शन गुरुङ
२०८२ बैशाख २ | मध्यान्ह ०८:०१ बजे

वीरगञ्ज । वीरगञ्जमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा धार्मिक सद्भाव बिथोल्ने आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी स्रोतका अनुसार, पक्राउ परेकामध्ये दुई जना हिन्दु र दुई जना मुस्लिम समुदायका रहेका छन्।
पक्राउ परेका हिन्दु युवाहरूको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दु युवा नेताहरूलाई प्रहरीले लाठीचार्ज गरी तितरबितर गरेको छ।
झडपपछि धर्नामा बसेका युवा नेताहरू प्रहरी कार्यालय अगाडि सडकमा तितरबितर भएका छन्।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।























