देश

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नवलपुर टुडे
२०८२ बैशाख २ | मध्यान्ह ०६:०१ बजे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मङ्गलबार (आज) साँझ ६ बजेपछि बस्नेगरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

यसअघि आजै बिहान प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक घण्टा लामो संवाद गरेका थिए।

यसपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बिहानको बैठकमा उनीहरूबीच गत असार १७ गतेको सहमतिलाई कार्यान्वयनमा नचुकाइ अगाडि बढाउने समझदारी भएको छ।

यसबीचमा सरकार परिवर्तनको चर्चा चल्यो। त्यसपछि प्रधानमन्त्री ओली र देउवाबीच छलफल भएको हो।

कमेन्टहरु