कृषि, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
कोल्टीमा बैशाख ५ बाट प्रथम बुढिनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने


बाजुरा , चैत ३० । आगामी बैशाख ५ गते बाट प्रथम बुढिनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२ आयोजना हुने भएको छ । स्टुडियो मालाश्री प्रालिको आयोजनामा आगामी बैशाख ५ गते देखि १४ गतेसम्म बुढिनन्दा नगरपालिका कोल्टीमा महोत्सव आयोजना हुन् लागेको हो । नयाँ वर्ष २०८२ सालको अवसरमा प्रथम बुढिनन्दा कृषि, पर्यटन तथा साँस्कृितक महोत्सव–२०८२ मा बुढिनन्दालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महोत्सवको आयोजना गर्न लागिएको छ ।
स्टुडियो मालाश्री प्रालि आयोजक बुढिनन्दा नगरपालिका सह-आयोजक र हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका सह-प्रबर्द्धनमा महोत्सव सुरु गर्न लागिएको हो । बुढिनन्दा थप प्रचार प्रसार गरी यहाँको पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउन महोत्सवको मुख्य उद्देश्य रहेको प्रथम बुढिनन्दा कृषि, पर्यटन तथा साँस्कृितक महोत्सव कार्यक्रम संयोजक महेश कार्कीले बताएका छन् ।
महोत्सवमा स्थानीय तथा रैथाने बालीको उत्पादन, प्रचार प्रसार, संरक्षण, स्थानीय कला संस्कृतिको पहिचान र मौलिकतालाई केन्द्रमा राखेर संचालन गर्न लागिएको दिगो पर्यटन मुखी बनाउन मुख्य लक्ष रहेको आयोजकले बताएको छ । महोत्सवले नगरको स्थानीय कला देउडा गायन प्रतियोगिता, हुड्के नाच प्रदर्शन, स्थानीय मागल र चार्ची फाक, भुवाचाली नगरपालिका भरिका परम्परागत नाच सहित उत्कृष्ट प्रतिभाको खोजि गरि जसको प्रतिभा समेत प्रस्तुत गरिनेछ ।
संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रबर्द्धन गर्ने, बुढिनन्दालाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने, समय समयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको विषयमा समयमा पर्यटकको आगमन गराउने महोत्सवको मुख्य उद्देश्य रहेको छ । महोत्सवमा नगरपालिकाका विभिन्न स्थानीय मौलिक कला सँस्कृतिका अन्तर्गत बैशाख ५ देखि १४ वटा विभिन्न नाचहरु प्रदर्शन हुनेछ ।
साँस्कृतिक बाजागाजा प्रदर्शनी स्थानीय तथा रैथाने बालीबाट बनेका विभिन्न स्थानीय खाजाका परिकार प्रदर्शनी हुनुका साथै स्थानीय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतिहरुको अवलोकन गर्न सकिनेछ । स्थानीय भेषभुषा प्रदर्शनी, विभिन्न बाजागाजा सहित क्षेत्रगत परम्परागत प्रदर्शनी रहने भएको कार्यक्रम संयोजक कार्कीले बताएका छन् । ।
महोत्सवका मुख्य आकर्षणहरु
महोत्सवका आकर्षणहरुमा स्थानीय साँस्कृतिक प्रदर्शनका साथै राष्ट्रिय तथा स्थानीय स्तरका सम्भाव्य कलाकारहरु राजेश हमला, खेम सेन्चुरी, एलिना चौहान, पुस्कल शर्मा, नरेन्द्र राज रेग्मी, लक्ष्मण अधिकारी, राजु परिवार, शान्ता रानी परिवार, रेखा जोशी, विपना सिंह, लालबहादुर धामी, टंक तिमेल्सेना, कमल बि.सी. (माल्दाइ), बिनोद बाजुराली, राजेन्द्र शाह (विपि), प्रकाश थापा, धर्मेन्द्र वि.क., शंकर मल्ल ठकुरी, पविन्द्र सुनार, राजेन्द्र बाजुराली, हास्यकलाकार किरन थापा, हर्क खडायत, सुप्रिम मल्ल, प्रभुराज पाण्डे, जित जङ्ग कटेल लगायत स्थानीय कलाकारहरुको महोत्सव प्रदर्शन गरिने भएको छ । १० दिनसम्म निरन्तर प्रथम बुढिनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवमा २०८२ को बैशाख ५ गतेबाट हुने भएको छ । आमन्त्रित कलाकारहरू विशेष दिनमा टिकट दर फरक हुने छ । बैशाख ३ गते हुने भनिएको महोत्सव व्यवस्थापन अलि ढिलाइ हुँदा बैशाख ५ गते सारिएको हो ।























