कृषि, बजार/ब्यबसाय, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

रैथाने बाली संकलन तथा प्रशोधनमा फस्टाउदै

उमेश रोकाया
२०८१ चैत्र ३० | बिहान ०६:१२ बजे

बाजुरा , चैत २९ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ६ धुलाचौरमा रैथाने बाली संकलन तथा प्रशोधनमा रुद्र राज पाण्डे फस्टाउने गरेको छ । श्री चण्डीका कृषि फर्म द्वारा सञ्चालित रैथाने बाली संकलन तथा प्रशोधन केन्द्र रेरास परियोजना अन्तर्गत UNDP को आर्थिक सहयोगमा फागुन महिनाबाट सुरुवात गरिएको हो । स्थानीय रैथाने बाली कोदो, कागुनो, फापर, गहुँ र सिमी लगायत खाद्यान्न बालीहरु संकलन तथा प्रशोधन गरेर बिक्रीवितरण गर्ने गरेको छ ।

उहाँले बताउनुभयो , “रैथाने बाली संकलन गर्न लागेको अहिले ८ वर्ष भैसकेको छ । त्यसलाई प्रशोधन गरेर सुरुवात गर्न लागेको पहिलोपटक हो । आफूलाई रैथाने बाली संकलन र प्रशोधन गर्नका लागि रेरास परियोजना अन्तर्गत UNDP को पुर्ण सहयोगमा कागुनो, चिनो, मार्से र कोदो ढुवानी र कुटानी पिसानी गर्ने लागेको छौँ । अहिले रैथाने बालीलाई बजारमा बजारीकरण गरेर प्याकेज गरेर बेच्ने काम भैरहेको छ ।” विशेषगरी स्थानीय स्तरमा उत्पादन हुने कोदो, फापर, मार्से, चिनु, कागुनो, रैथाने बालीलाई हिमाली गाउँपालिका सबै ठाउँका कृषकहरूले उत्पादन गरेको संकलन गरि भण्डार गरेको रैथाने बाली संकलन तथा प्रशोधन केन्द्रका संचालक रुद्र राज पाण्डेले बताउनुभयो ।

प्राय पछिल्लो समय स्थानीय रैथाने अन्नबाली उत्पादन संगै बिक्रीवितरण भएको हुँदा गाउँ घरका कृषकहरु उत्पादन क्षेत्रमा जोड दिएका छन । स्थानीय रैथाने बाली संकलन गरेर बिक्री गर्न लागेको अहिले आठ वर्ष बितिसक्यो । स्थानीय रैथाने परिकार खाजा पनि खुवाउने गरेको छ । धेरै जसो गाउँपालिका तालीम हुँदा खुवाउने गरेको र कहिले बाहिरका पाहुनालाई बनाएर खाजा नास्ताको खुवाउने गरेको छ । रेरास परियोजना र UNDP को सहयोगमा रैथाने बाली प्रशोधन गर्ने मेसिन दिएको छ ।

सोही मेसिनले चिनु, कागुनो, कोदोलाई पेल्ने र खोसेर निकालेर चामल निकाल्ने गरेको छ । मेसिनले दिनभरि लगाएर गर्ने काम आधा घण्टा भित्र काम हुने गरेको छ । महिलालाई ओखलमा कुट्नु पर्दा दिन लाग्ने समय अहिले घण्टामा चिनु, कागुनो चामल निकाल्ने काम गरिन्छ । चिनु र कागुनो चामल निकाल्न अप्ठ्यारो हुन्थ्यो, अहिले मेसिन उपलब्ध भैसकेपछी धेरै सहज भएको छ ।

उहाँले बताउनुभयो , “अहिले स्थानीय रैथाने चिनु १० क्विन्टल, कागुनो ७ क्विन्टल, मार्से २ क्विन्टल, फापर ४ क्विन्टल र कोदो १० क्विन्टल संकलन गरेर भण्डार गरिएको छ । रैथाने बाली बाहिर माग अनुसार बजारमा बिक्री गरिन्छ । पहिला संकलन गरेर ढुवानी गरेर जिल्ला बाहिर पठाउने गर्ने गरिन्थ्यो । अहिले मेसिन सहयोग पाएपछि रैथाने बाली संकलन गर्ने काम मात्र नभएर प्रशोधन समेत गर्दै आएका छौँ ।” प्रशोधन गरेकोलाई प्याकेज गरेर नजिकैको बजार, संघ संस्थाले लिने गरेका छन । बाहिर अडर अनुसार नेपालगन्ज, धनगढी, सुर्खेत र काठमाडौ सहित ठाउँमा पठाउने गरेको छ । अहिले धेरै जसो यहीँ प्रशोधन गरेर प्याकेट गर्दै बिक्रीवितरण गर्ने गरेको रुपु पाण्डेले बताउनुभयो ।

कमेन्टहरु