प्रचारबाजी होइन, जनताले महसुस गर्नेगरी काम गरौँ: उपप्रधानमन्त्री सिंह
दिप्शन गुरुङ
२०८१ चैत्र २८ | मध्यान्ह ०१:१२ बजे

काठमाडौँ, चैत २७ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका काम गर्नुपर्ने बताउनुभएको छ ।
अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले प्रचारबाजीका लागि मात्र नभइ जनताले महसुस गर्नेगरी काम गरेर देखाउने समय आएको बताउनुभयो । “जेजति योजना हामीले अहिले सम्पन्न गरेको छौँ । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी कामलाई अगाडि बढाउँदा जनतालाई सुसूचित गराउनुपर्छ”, उहाँले भन्नुभयो ।
हेरिटेज वाकदेखि करिडोरलाई व्यवस्थित गर्ने र नदी सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहले जोड दिनुभयो । त्यसैगरी उहाँले नदीहरुको करिडोर निर्माण प्रभावकारी रूपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “हामीले गर्ने भनेको नदीहरुलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउने हो । त्यसका लागि योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाय छैन् ।”


















