समाचार

आन्दोलनमा जान लागेका इनरुवाका शिक्षकलाई सफलताको शुभकामनासहित खादा र अविरले विदाई

देवराजा यादव
२०८१ चैत्र २८ | बिहान ०६:१२ बजे
तस्बिर:- देवराजा यादव सुनसरी

ईनरुवा । काठमाडौं जान लागेका शिक्षकहरुलाई इनरुवाबाट विदाई गरेकाे महासंघका नगर सचिव राकेश निराैलाले जानकारी दिनुभयो
इनरुवा नगर आन्दोलन परिचालन समितीले काठमाडौ केन्द्रीत शैक्षिक सडक आन्दोलनमा जान लाग्नुभएको शिक्षकसाथीहरुकाे नाम सार्वजनिक गरेकोमा उहाँहरुलाई काठमाडौं पठाउने क्रममा सम्मान गरेको जनाएको छ ।

महासंघका नगर अध्यक्ष जयकृष्ण यादव र सचिव निराैलाले खादा र अबिर लगाएर बिदाई गरेको जनाएको छ । समिति संयोजक रामलखन मेहता, बेणु प्रसाद सिग्देल, जागेश्वर साह, सुमन गुरागाइ, अम्बिका ढकाल, देवकृष्ण यादव, अशोक कुमार मेहता र राजाराम यादवसहितलाई खादा र अबिर लगाएर बिदाई गरेको जनाएको छ ।

महासंघका तर्फबाट गरिएको बिदाई सम्मान र शुभयात्रा प्रति समिति संयाेजक रामलखन मेहताले धन्यवाद दिनुभयो । शुभयात्रा भन्न तथा इनरुवाबाट विदाई कार्यक्रममा विभिन्न संघ, संगठन र युनियनका जिल्ला नेताहरु समेतको उपस्थिति रहेको थियो । महासंघका इनरुवा अध्यक्ष जयकृष्ण यादवले सम्बाेधन गर्नुहुदै आन्दोलन सफलताको शुभकामना दिनुभयो । शुभकामनासहित यादवले इनरुवाका शिक्षकलाई खादा र अविरले सम्मान सहित बिदाई गर्नुभयो ।

शिक्षाको सवाल शिक्षककाे मात्रै नभई सबैकाे सराेकार चासोको विषय भएकोले सरकारले समयमा नै माग र मुद्दा सम्बाेधन गर्नुपर्नेमा जाेड दिनुभयो ।

कमेन्टहरु