शिक्षा

तिलोत्तमा नगरमै ४ जीपीए ल्याउने छात्र दीपजल श्रेष्ठलाई उत्कृष्ट पुरस्कार २०८१ बाट सम्मान

पार्बती थारु
२०८१ चैत्र २७ | मध्यान्ह ०७:१२ बजे

तिलोत्तमा । तिलोत्तमा नगरमै ४ जीपीए ल्याउदै प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी दीपजल श्रेष्ठलाई उत्कृष्ट पुरस्कार २०८१ बाट सम्मान गरिएको छ । तिलोत्तमा नगरपालिकामा रहेका संस्थागत विद्यालय ३३ र सामुदायिक विद्यालय ३० वटाबाट सहभागी ३ हजार दुइ सय ३१ जना विद्यार्थीहरुलाई पछि पार्दै विद्यार्थी दीपजल श्रेष्ठ उर्तीण भएका हुन् ।  

photo 2025 04 09 19 33 36

तिलोत्तमा ६ विपी मार्ग घर भएका दीपजल श्रेष्ठले ४ जीपीए ल्याउदै तिलोत्तमा नगरमै प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ । तिलोत्तमा ६ पुर्वपहुनीमा अवस्थित श्री पश्चिम पहुनी माध्यामिक विद्यालयको कक्षा ८ को आधारभुत तहको परिक्षामा उहासगै ४६ जना विद्यार्थीहरु उत्कृट अंकका साथ उर्तीण भएका छन् ।

तिलोत्तमा नगरपालिकाद्धारा सन्चालित (कक्षा ८ )आधारभुत तह परिक्षा २०८१ मा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा विद्यार्थी दीपजल श्रेष्ठ सगैँ उर्तीण ४६ जना विद्यार्थीहरुलाई बधाइ तथा सम्मान कार्यक्रम गरिएको छ । तिलोत्तमा ६ पुर्वपहुनीमा अवस्थित श्री पश्चिम पहुनी माध्यामिक विद्यालयको आयोजनामा मंगलबार भएको कार्यक्रममा उर्तीण हुने सबैलाई सम्मान गरिएको हो  । 

photo 2025 04 09 19 33 32

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता रहेको थियो भने तिलोत्तमा वडा नं ६ का वडा अध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका शिक्षक कृष्ण कुमार अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सन्चालन शिक्षक इन्दिरा गिरीले गर्नु भएको थियो ।

कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य राख्दै विद्यार्थी दीपजल श्रेष्ठले ४ जीपिए ल्याउनु विद्यालयकै गरिमा र ऐतिहासिक विषय भएकोमा गर्व गरेका थिए । कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य राख्दै वि सं २०१६ सालमा स्थापना भएको विद्यालय श्री पश्चिम पहुनी मा विले ४ वीपिए विद्यार्थी उत्पादन गर्न  सफल भएको र प्रतिस्पर्धामा सफल हुन सक्नेगरी विद्यार्थी उत्पादन गर्नु गुणस्तरीय शिक्षा  र सिकाई भएकोमा खुसी व्यक्त गरेका थिए । यसका साथै आगामि दिनमा अझै उत्कृष्ट नतिजा ल्याउदै जानेमा सबै विद्यार्थी तथा विद्यालयको शैक्षिक प्रगतिको शुभकामना प्रदान गरेका थिए । यसैगरी उर्तीण विद्याथीहरु सगै विद्यालय  र शिक्षकहरुले दिएको शैक्षिक योगदानको उच्च प्रशंसा गर्नुभएको थियो ।

photo 2025 04 09 19 33 28

 कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष लगायत प्रतिनीधिहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत प्रतिनीधिहरु , छात्रवृत्ति अक्षय कोषका अध्यक्ष  तथा प्रतिनिधि , विद्यालयका सल्लाहकार  तथा प्रतिनिधी लगायत शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको थियो । 

कमेन्टहरु