बजार/ब्यबसाय, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
तालिमको भत्ताले आधुनिक घार बनाउदै : रावल


बाजुरा , चैत २७ । घरेलु मह तालिम पाएको भत्ताको रकम आधुनिक घार बनाउने गरेको छ । भखरै दुई महिना अगाडि सुदुरपश्चिम प्रदेश नौ जिल्लाका मौरी व्यवसायीलाई महेन्द्रनगर १२ दिनको तालीम आएको खाना नास्ता रुपैयाँले नयाँ आधुनिक मौरी घार बनाएका छन । तालिममा दिएको भत्ताको पैसाले आधुनिक घार बनाउदा काठ खरिद र बनाउने मिश्त्री ज्याला भत्ताबाट आएको रकमले बनाउन लागेका छन । अपुग भएको अवस्था आफ्नो व्यक्तिगत लगानी गरिने भएको हिमाली गाउँपालिका – ६ पाँडी गाउँका मौरी व्यवसायी ७० वर्षीय वृद्ध नरजित रावले बताउनुभयो ।
मौरी व्यवसायी आफू सानो हुँदा आफ्नो बुवा माहाविरे रावलले मौरी पाल्नुपर्छ, मिठो खानुपर्छ भन्ने हिसाबले व्यवसायी सुरु गरिएको हो । मौरी पालन रहर लाग्यो, मिठो चिज पाइन्छ भन्ने हिसाबले मात्र आफू १३ वर्षदेखि मौरी पालन गरेको हो । अहिले ७० वर्ष हुँदा सम्म घरेलु मह व्यवसाय गरेर गाउँमा बसिरहेको छन । मौरी पालन सुरु गर्दा पहिला तालिम प्राप्त नगरी आफ्नै मनले रहर मानेर मात्र मौरी पालन गरिएको हो । कुनै संघ संस्थाबाट तालीम लिएको पनि होइन मौरी पाल्दै गर्दा अनुभवबाट मौरी पालन व्यवसाय फस्टाउने गरेको हो ।
पहिला मह बेच्ने चल्न थिएनन् । महको लड्डु बनाउने, कसैको व्रतबन्ध र चेलीहरु साइनो फेर्न जादा दिइने गरिन्थ्यो । हाट परदेश गएपछि चिउरामा मिसाउन लड्डु बनाउन प्रयोग गरिन्थ्यो । अहिले जस्तो मह बिक्री हुने घरमै आएर लिने बेच्ने आम्दानी गर्ने पहिला थिएनन् । अहिले अर्गानिक मह भन्ने मानाको ८ – १२ सयसम्म बिक्री गरिने गरेको उनको भनाइ छ ।
अहिले मह बिक्री धमाधम हुँदा आफू खानलाई पनि नपुग्ने भएको छ । पहिला मह उत्पादन गर्यो बिक्री हुँदैन थियो । महलाई प्रसादी रूपमा दिने गरिन्थ्यो । पहिला मौरी पालन सुरु गर्दा ५/६ वटा मौरी घार थिए । आजभोलि ८०/९० वटा मौरीका घारबाट मह उत्पादन हुन्छ । एउटा घारबाट मह राम्रो उत्पादन भयो भने ८ हजार सम्म हुन्छ, कम मह भयो भने एक हजार रुपैयाँ हुने गरेको छ ।
एक वर्षमा मह बेचेर २/४ लाख रुपैयाँ आमदानी हुन्छ । मह थाहा पाएको मान्छे कोही घरमा आएर लिन आउन्छन । कोही फोन गरेर पैसा खातामा हालिदिने गरेर मह बेच्ने गरेको छ । गाउँमा कमै बिक्री हुन्छ । प्रयास जसो गाउँ बाहिर हुँदै काठमाडौ सम्म लिएर मह बिक्री गरिएको छ । गाउँमा बसेर मौरी व्यवसाय गरेर आम्दानी भएको हुँदा गाउँ छोडेर बाहिर जानुपर्ने अवस्था छैनन् ।
अहिले आफुलाई फुर्सद गरेर केटाकेटी पढाउन लत्ताकपडा कापीकलम घरपरिवार चलाउन सहज भएको छ । आफ्नो ठाउँमा मौरी पाल्नुहोस, भेडा बाख्रा, फलफूल तथा आधुनिक कृषि व्यवसाय गरियो भने गाउँमा आफै बेरोजगार अन्त्य हुन्छ । यो साल मात्र मह बेचेर ३ लाखभन्दा बढी आम्दानी गरेको छ ।
तीन महिना अगाडि महेन्द्रनगरमा १२ दिने तालिम लिएको हो । मौरी व्यवसायी तालीम लिएपछि अहिले नयाँ आधुनिक घार बनाउन लागेको छु । तालिम लिसकेपछी एक किसिमको हौसला प्रदान भएको छ । आधुनिक घार बनाउन आफू सिप नभएपनि दुई जना मिस्त्री लगाएर तालिम दिइएको खाजा खाना भनी दिएको पैसाले नयाँ आधुनिक घार बनाउन लागेको छु । परम्परा भन्दा आधुनिक ढंगले बनाउदा आमदानी पहिलेको भन्दा राम्रो हुने सम्भावना रहेकोे मौरी व्यवसाय रावलले बताउनुभयो ।























