समाचार

कपिलवस्तुमा न्युन बीजक देखाउने मिनि ट्रकका चालक र सहचालक पक्राउ

नवलपुर टुडे
२०८१ चैत्र २६ | मध्यान्ह ०७:१२ बजे
कपिलवस्तु, चैत्र २६। कपिलवस्तुको सुद्धोदन गाउँपालिका वडा नम्बर ४ मुरफुटवाबाट चामल ल्याईरहेको मिनि ट्रकसहित चालकलाई न्युन बीजक देखाएको आरोपमा पक्राउ गरिएकोे छ । पक्राउ परेको चालक सुद्धोदन गाउँपालिका वडा नम्बर ६ बराहाका अबदुल करिम मसुलमान र सहचालक लवकुश यादवसहित ट्रकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।
 
प्रहरीले सीमा क्षेत्र सिबलवाबाट लबनीतर्फ आउँदै गरेको लु १ क ४३१६ नम्बरको मिनि ट्रकसहित चाकललाई नियन्त्रणमा लिएको हो । २ सय बोरा चामलको ४ लाख ९५ हजारको बीजक देखाइएकोमा गाडीमा २ सय २९ बोरा चामल र १६ बोरा गहुँ समेत फेला परेको प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए ।
 
दुबैको मुल्य ६ लाख १२ हजार ५ सय देखाइएको र १ लाख १७ हजार रकम कर छली गरिएको उनले बताए । सिमा क्षेत्रमा भारतबाट तस्कारी गरी ल्याइएका चामल भित्राईने गरिन्छ । त्यही चामललाई बिल काटेर नेपालका बिभिन्न स्थानमा पठाइने गरिएको स्थानीय बताउछन् ।

कमेन्टहरु